अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले तिहार शुभकामना आदान-प्रदानको साथमा मनायो यसपालीको देउसी भैलो

1241

अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले यही शनिवार तिहार शुभकामना तथा देउसी भैलो कार्यक्रम गरेको छ। मञ्चका अध्यक्ष सुन्दर पन्थीको सभापतित्व एवं पूर्व एन.आर.एन.ए. अध्यक्ष राजु क्षेत्री, मञ्चका सल्लाहकारहरु पुकार शाह, बैरागी माइला, अशोक क्षेत्री, रंजित श्रेष्ठ, झबिन्द्र बेलबासे, पत्रकार बबिता ओली (क्षेत्री) लगायतको आतिथ्यता रहेको कार्यक्रममा जिल्लावासी दाजुभाइ- दिदीबहिनीहरुको उल्लेखनिय सहभागिता रहेको थियो। कार्यक्रममा मञ्चका उपाध्यक्ष टिकाराम पोखरेलले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने साथमा उपस्थित सम्पूर्णले एक आपसमा तिहार शुभकामना आदान-प्रदान गरेका थिए।
नेपालीहरुको दशैँ पछिको महान पर्व तिहारमा घर जान नपाए पनि यसरी आफ्नै जिल्लावासी दाजुभाइहरुसँग एक-आपसमा भेटेर देउसी भैलो खेल्दै तिहार मनाउन पाएकोमा अधिकांश निकै खुशी मुद्रामा देखिएका थिए। साथै मञ्चले जिल्लालाई माया गर्ने, आर्थिक तथा भौतिक सहयोग गर्ने केही ब्यक्तिलाई सम्मान गरेको थियो भने गुल्मी जिल्लाका कोरियाको सांगितिक नक्षेत्र लोक गायक कृष्ण पाण्डे क्षेत्रीलाई बिदाई तथा सम्मान पनि गरेको थियो।

प्रतिक्रियाहरू