दक्षिण कोरियामा फेरि एक नेपालीको सुतेकै अवस्थामा निधन भएको छ ।
खोङ्जुसी खेरङ्म्यन क्षेत्रमा कार्यरत उदयपुर कटारीका दिपक कार्कीको निधन भएको सउल स्थित नेपाली दुतावासका श्रम सहचारी डिल्लीराम बास्तोलाले जानकारी दिनुभएको छ ।
साझ राम्रै अबस्थामा सुतेका कार्की संगै काम गर्ने साथीले बिहान ड्युटी जाने समयमा नउठेपछि बोलाउँन जाँदा उनी मृत भेटिएको बताइएको छ ।
इपिएस मार्फत ६ महिना अघि कोरिया आएका २१ बर्षीय कार्की घरको एक्लो छोरा हुन् भने उनको घरमा आमाबुवा र ४ जना दिदीबहिनी रहेको बताइएको छ ।
केहि समय यता कोरियामा थुप्रै अप्रिय घटना घट्ने क्रम बढिरहेकोले कोरियामा रहेका नेपालीहरू स्तब्ध छन् । करिब २ हप्ता पहिले मात्र पांचथरका राजेस तुम्बापोको मेसिनले च्यापेर मृत्यु भएको थियो भने त्यसको एक हप्ता पहिला दोलखाका आङकामि सेर्पाको हृदयघातका कारण अस्पतालमा मृत्यु भएको थियो l
कोरियामा यस्ता खाले आकस्मित मृत्यु आत्महत्या न्यूनीकरण गर्ने भन्दै तनाब ब्याबस्थापन सम्बन्धि बिभिन्न परामर्श कार्यक्रम हुदै आइरहेको भएतापनि ति कार्यक्रम हरु खासै उपलब्धिमुलक हुन् सकेको छैन l