नेपाली दूतावासले तनाव ब्यवस्थापन तथा स्वेच्छिक घरफिर्ती अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने

1582

नेपाली दूतावासले तनाव ब्यवस्थापन तथा स्वेच्छिक घरफिर्ती अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने
भएको छ । दुतावासले अयोजना गर्ने कार्यक्रममा तनाव ब्यवस्थापनको विषयमा अनुभवी, सिनियर कन्सल्ट्यान्ट डाक्टर केदार बहादुर रायमाझी आउनु हुने भएको छ । कार्यक्रममा रायमाझीले तनाव ब्यवस्थापन सम्वन्धी विशेष प्रस्तुती प्रशिक्षण दिनुहुनेछ ।

डिसेम्वर १ तारिक शनिवार छनानमा र डिसेम्वर २ तारिक आइतवार छल्लानाम्दोमा हुने उक्त कार्यक्रममा दुतावासका अधिकारीहरुबाट स्वेच्छिक घरफिर्ती लगायत अन्य समसामयिक विषयमा प्रस्तुतीहरु प्रदान गरिने दुतावासले आज जारी गरेको सुचनामा जनाइएको छ ।

कार्यक्रममा स्वदेश फर्केका कामदारलाई नेपाल सरकारबाट उपलब्ध हुने सेवा सुविधाका बारेमा जानकारी दिने कामदारका समस्यालाई यथासम्भव कार्यस्थलमा नै गै सुनुवाई गर्ने, र कामदारका सुझाव संकलन गर्ने जस्ता कुराहरुलाई समेटिने जनाइएको छ ।
कार्यक्रममा इपिएस कामदार लगायत इच्छुक सवै नेपालीहरुलाई सहभागिताका लागि दुतावासले अनुरोध गरेको छ ।

प्रतिक्रियाहरू