“गोजीमा दाम छैन मेरो, गोजीमा दाम छैन,
गोजीमा सुक्को नहुने मान्छे क्यै पनि काम छैन”
अहिले नेपाली कथानक चलचित्र चङ्गा चेटको सुपरहिट गित हो यो । राजनराज शिवाकोटी, मेलिना राई र गृष्मा शिवाकोटीको आवाजमा रहेको यो गीत युट्युवमा मात्र २१M+Views देख्न सकिन्छ। यस चलचित्रमा यो गीत सहित अन्य गीतहरु ढल्की-ढल्की नाँचन जस्ता गीहरुलाई पनि सुन्न सकिन्छ।
यही सुपरहिट चलचित्र चङ्गा चेट अव दक्षिण कोरिया हेर्न सकिने भएको छ। गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले डिसेम्वर २३ ,२०१८ मा यो चलचित्र प्रदर्शन गर्न लागेको हो। निर्देशक दीपेन्द्र के. खनालको निर्देशन तथा माधव वाग्ले र शर्मिला पान्डेको निर्माणमा वनेको यो चलचित्रमा सदाबहार नायिका प्रियंका कार्की, अहिलेका चर्चित नायक आयुस्मान देसराज, हास्यव्यङग्य कलाकार सन्दीप क्षेत्री लगायत अन्य कलाकारहरुको वेजोड अभिनय हेर्न सकिन्छ।
यो फिल्म कमेडी मिश्रीत फन्नी टाइपको तर सन्देशमुलक फिल्म हो। यसमा व्यङ्गात्मक तरिकाले नेपालको राजनितिक, आर्थिक,सामाजिक तथा हरेक कामहरु शिष्टममा नभएको कारण जनताले पाइरहेको दुःख बारे देखाउन खोजिएको छ। नेपालमा नेपाली दर्शकले यसलाई “मसला” फिल्मको रुपमा उपमा दिई औधी रुचाएका छन् । सोही दिन नेपाली चलचित्र हेर्न आउनको लागि पनि गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ।