आजकाल फेसबुक, भाइबार लगायतका सामाजिक संजालहरुमा निशुल्क सिम कार्ड , लाइन फोन आदिको प्रचारप्रसार तथा तथा बिभिन्न अफर हरु प्रसस्तै देख्न पाइन्छ l कतिपय नेपाली हरुले समेत कोरियन पसल हरु मार्फत सस्तो सुलभ पुरानो तथा नयां मोबाइल ,लाइन फोन बिक्रि वितरण गर्दै आइरहेका छन् l
यसरि कोरियाको कानुन अनुसार सम्पूर्ण प्रक्रिया पुर्याएर लाइनफोन तथा निशुल्क सिमकार्ड हरु बिक्रि बितरण गर्नु लाइ सकारात्मक मानिएता पनि कतिपय बितरकको लाप्रबाहिका कारण नेपाली हरु ठगिदै आएका छन् l
यस्तै एउटा घटना भएको छ आनसानको एक मोबाइल पसल बाट l कोरियामा काम गर्दै आइरहेकी एकजना महिलाको बैंक खाता बाट एक्कासी एस के टि लाइन फोनको नाममा पैसा काटियो l उनले प्रयोग नगरेको लाइन फोनको नाममा एक्कासि पैसा काटीएपछी उनि छाँगावाट खसेजस्तै भाइन l कोरियामा रहेका आफ्ना श्रीमान को साथमा खोजीनिती गर्दै जादा उनको खाता तथा अन्य एकजनाको आइडी प्रयोग गरेर आन्सान स्थित एक पसल बाट कसैले लाइन फोन निकालेको रहेछ l
गत आइतबार कोरियामा रहेका आफ्ना श्रीमान् युवराज घिमिरेको साथमा उक्त मोवाइल पसलमा गएर बुझ्दा फेस बुकमा थापा पवन नाम रहेको एक नेपालीले उक्त कार्य गरेको रहेछ l मोबाइल पसलमा काम गर्दै आइरहेका नेपालीका अनुसार खाता नम्बर र आइडी कार्ड भएपछी सम्बन्धित ग्राहकको उपस्थिति बिना नै एस के टि को लाइन फोन बिक्रिवितरण गर्न मिल्दो रहेछ l ” विश्वासमा परेर लाइन फोन दिइयो मान्छे फटाहा रहेछ धोखा भयो , केहि दीनामै हाम्रो एसकेटि संग मिटिंग बस्छ र तपाइको सम्पूर्ण पैसा फिर्ता हुन्छ ” उक्त मोबाइल पसलमा काम गर्ने नेपाली लाइ उदृत गर्दै पिडितका श्रीमान् युवराज घिमिरेले हेल्लो नेपाल कोरिया डट कम लाइ बताए l
हाल उक्त लाइन फोन निकाल्ने थापा पवन नेपालमा रहेको फेसबुक समेत डीएक्टिभ गरेको बताइएको छ l सबै ठेगाना समेत पत्ता लागेकोले मोबाइल फिर्ता गर्न नेपाल प्रहरीमा समेत रिपोर्ट गरिएको मोबाइल बितरक नेपालीले बताए l उक्त ब्याक्तिले लाइन फोन खरिद गर्न म्यांगमारी कामदारको समेत आइडी प्रयोग गर्ने गरेको खुल्नमा आएको छ l
त्यसैगरी केहि हप्ता पहिला कोरियामा मोबाइल फोन बिक्रि वितरण गर्दै आइरहेका सन्तोष कुमार राइ संग नयाँ आइफोंन खरिद गर्ने भन्दै एकजना नेपाली ले आइडी र खाता नम्बर नम्बर पठाए l मोबाइल खरिदमा लाग्ने अग्रिम भुक्तानीको रकम समेत पठाइ दिए l मोबाइल पठाउन उनले दिएको ठेगाना र आइडी कार्डमा भएको ठेगाना कम्पनीको नाम कुनै पनि नमिले पछी राइ लाइ शंका लागि उक्त ब्याक्तिको खोजीनिती गर्दा उसले आफ्नै साथीको खाता नम्बर र आइडी कार्ड प्रगोग गरेको रहेछ l पछी आइडी कार्ड वालाको फोन नम्बर पता लगाएर सम्पर्क गर्दा आफु यसवारे अनविज्ञ रहेको बताए l राइले उक्त रकम सोहि खाता नम्बर वालालाइ फिर्ता गरि ठग्न खोज्ने ब्याक्तिलाई आइन्दा यस्तो नगर्न समेत चेतावनी दिएको बताए l
कोरियामा लाइन फोन बिक्रेताको सानो गल्तिको कारण बिदेशी हरु ठगिन सक्ने राइको भनाइ छ l यसरि लाइन फोन बिक्रि वितरण गर्दा सम्बन्धित व्यक्तिले हस्ताक्षर गर्नु पर्ने हुन्छ l यदि तपाइको नाममा कसैले लाइन फोन निकालेको पत्ता लागेमा सम्बन्धित बिक्रेता संग रहेको फाइलमा कसको नाम अनि हस्ताक्षर छ त्यहि बाट कसले ठगिरहेको छ पत्ता लगाउन सकिने पनि राइले बताए l
कोरियामा नेपाली मात्र नभई केहि कोरियन गिरोह समेत यस्ता ठगि कार्यमा लागि परेकोले आफ्नो आइडी , बैंक खाता तथा एटिएम को गोप्य नम्बर सुरक्षित राख्नु जरुरि छ l कतिपयले सामाजिक संजालमा समेत आफ्नो आइडीको फोटो खिचेर राख्ने गरेको समेत देखिएकोले यस्ता ठगि गिरोह बाट सुरक्षित रहन पुर्व साबधानी अपनाउन जरुरि देखिन्छ l