उदयमान लोक गायक कृष्ण पाण्डे क्षेत्री र विष्णु पौडेलको लोक कोशेली “रैछ रुनलाई ” सार्वजनिक भएको छ । जीवन भण्डारीको शब्द संगित रहेको उक्त गितमा स्वर कृष्ण पाण्डे क्षेत्री र बन्दना पाण्डेको रहेको छ ।
म्युजिक नेपालबाट बजारमा आएको यस गितमा विष्णु पौडेल , सावित्री पौडेल र हरि अधिकारीको अभिनय रहेको छ । उक्त गितको सुटिङ दक्षिण कोरियाको विभिन्न मनोरम ठाउँहरुमा गरिएको थियो।