दक्षिण कोरियाले पहिलो पटक भूमिगत पार्क निर्माण गर्ने भएको छ l राजधानी सियोल स्थित जोंगाक स्टेसनमा निर्माण गर्न लागिएको उक्त सौर्य पार्क आगामी अक्टोबरमा सपन्न हुने बताइएको छ l
आगामी फेब्रुअरी देखि निर्माण शुरु हुने उक्त भूमिगत पार्कमा प्राकृतिक सौर्य उज्यालो छिर्न सक्ने उपकरण हरु जडान गरिने नगर प्रशासनले बताएको छ l उपकरण मार्फत प्राकृतिक हावा तथा उज्यालो किरण हरु पास हुन् सक्ने ब्याबस्था मिलाइने बताइएको छ l भूमिगत पार्क ६ तल्ला सम्मको हुने छ l
उक्त पार्क भित्रको मुख्य आकर्षक प्राकृतिक हरियाली हुने छ भने , कन्सर्ट हल ,मिटिंग हल तथा बिभिन्न योगा क्लासको ब्याबस्था पनि भित्रै रहने छ l ऐनाको सहाराले कसरि प्राकृतिक उज्यालो प्रदान गरिएको छ भन्ने दृश्य परेटकको मुख्य आकर्षकण रहने छ l
कोरिया टाइम्स
प्रतिक्रियाहरू