कोरियामा अवैधानिक श्रीलंकनले पाए अवार्डसहित नागरिकता

6600

दक्षिण कोरियामा अवैधानिक रुपमा कार्यरत एक श्रीलंकन नागरिकले अवार्डसहित (बैधानिक) स्थायी बसोबासका लागि नागरिकता पाएका छन् ।

श्रीलंकाबाट सन् २०१३ मा कामदारका रुपमा कोरिया आएका ३८ वर्षिय काटाबिला केटिए जेदारा निमल सिरीले आफु घाइते भएर ९० वर्षिय एक महिलाको ज्यान बचाएवापत उक्त पुरस्कार पाएका हुन् ।

खेङ्साङ प्रान्तको एक वासस्थनामा गत वर्ष आगलागि हुदा सिरीले ९० वर्षिय महिलाको आगलागिबाट उद्धार गरेका थिए । जलिरहेको घरबाट जिउदै उद्दार गरि महिलाको ज्यान जोगाएबापत उनले कोरिया सरकारबाट हिजो स्थायी बसोबासका निम्ती नागरिकता पाए ।

उनले एल्जी गु्रपद्धारा प्रदान गरिने ३० लाख कोरियन वनको ‘एल्जी इमान्दारिता’ पुरस्कार पनि पाएका छन् । उक्त पुरस्कार पाउने उनि पहिलो आप्रवाशी हुन् ।

साथै, कोरियामा अवैधानिक बसेवापत जरिमाना तिर्नुपर्ने १० लाख वन थेगु अध्यागमन विभागले छुट (मिनाहा) दिएको छ ।

सन् २०१३ मा कोरिया आएका उनको २०१६ मा भिषा सकिएपछि अवैधानिक रुपमा कार्यरत थिए । गत वर्ष महिलाको उद्धार गर्दा घाइते भएपछि जि–वन भिषा बनाइ उपचार गरिरहेका थिए । कोरियामा स्थायी बसोवासको लागि सरकारबाट नागरिकता पाउदा खुशी लागेको संचारकर्मीहरुलाई बताए ।

 

प्रतिक्रियाहरू