काभ्रे सम्पर्क समिति कोरियाले स्वर्गीय सुजन थापा मगरको श्रद्धाञ्जली सभा गर्दै

1814

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गर्ने भएको छ। रोजगारीको शिलशिलामा करिव ४ बर्ष पहिले इपिएस मार्फत दक्षिण कोरिया आउनु भएका काभ्रे जिल्ला महाभारत गाउँपालिका बुडाखानी निवासी स्वर्गीय सुजन थापा मगर सम्झनामा र उँहाको मृत आत्माको चिर शान्तिको कामना गर्न सो कार्यक्रम गर्न लागेको आयोजकले बताएको छ।

स्वर्गीय थापा मगरको यँही डिसेम्वर १५ तारिख कोरियामा हृदयघातको कारणले अल्पायुमै असामयिक  निधन हुनुभएको थियो। त्यसैले, काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले श्रद्धाञ्जली सभा आयोजना गर्ने जानकारी गराउदै कोरियावासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, बुद्धिजीवी, व्यावसायी, पत्रकार , कलाकार , खेलाडी लगायत विद्यार्थीहरुमा निम्न मिति, स्थान र समयमा उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ।

मिति : 2018 डिसेम्बर 23 आईतवार

स्थान : नेपाल हाउस , दोङ्देमुन सउल

समय : बिहान ठिक ११बजे

प्रतिक्रियाहरू