स्व. सुजनको सम्झनामा शोक सभा सम्पन्न, छोरीको नाममा बालसेवा कोष खडा

1512

काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले गत डिसेम्बर १५ तारिखका दिन असामयिक निधन हुनुभएका स्वर्गीय सुजन थापा मगरको आत्माको चिर शान्तीको कामना गर्दै आज शोक सन्तब्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ। करिब ४ बर्ष अघि EPS मार्फत कोरिया आएका उनको परिवारको लागि दुखद घडीमा मलमपट्टी लगाउने उद्देश्यले समितीले आज श्रदान्जली सभाको आयोजना गरेको हो।

सभामा सहयोग स्वरूप ३०,४५,०००/- (तिस लाख पैतालिस हजार) वोन तत्काल संकलन गरी पिडीत परिवारको भाईलाई NRNA अध्यक्ष लक्ष्मी लामा गुरुङ, NCC अध्यक्ष अन्जु के.सी. र काभ्रे सम्पर्क समितिका अध्यक्ष सिताराम तिमल्सिनाको उपस्थितिमा हस्तान्तरण गरिएको छ। यो दुखद परिस्थितिमा साथ,सहयोग र सहानुभूतिको लागि आयोजकले उपस्थित सम्पूर्णमा हार्दिक आभार एवं धन्यवाद व्यक्त गरेको छ।

स्व. सुजनको स्व. सुजनको परिवारलाई मध्य नजर गर्दै सानो छोरीको नाममा बालसेवा कोष खडा गरि उक्त कोशमा ३० लाख ४५ हजार कोरियन वोन एकै परिवारका मृतकका भाइ सिसिर थापालाई हस्तान्तरण गरिएको आयोजकले बताएको छ।

 

प्रतिक्रियाहरू