कोरियाको तापक्रम माइनस १९ सम्म पुग्ने भएपछी मौसम बिभाग द्वारा सचेतना जारि

5415

कोरियामा केहि  हप्ता अत्यधिक चिसो बढ्ने अनुमान गरिएको छ l कोरियन प्रायद्विपमा चिसो बढ्ने क्रम संगै आगामी हप्ता जनजीवन थप कष्टकर हुन सक्ने कोरिया मेट्रोलोजिकल एड्मिनिस्टे्रसन (केएमएले) जनाएको छ l बिहिबार राजधानी सियोलको तापक्रम माइनस ११ .८ डिग्री सेल्सियस मापन गरिएको थियो l

शुक्रवार अधिकांस स्थानको तापक्रम माइनस  १३ डिग्री भन्दा तल झार्न सक्ने   अनुमान गरिएको छ l त्यस्तै खान्ग्वन्दो को तापक्रम माइनस १९ डिग्री सम्म पुग्ने बताइएको छ l

मंगोलियाको उत्तरी दिसा बाट माइनस ३० डिग्री सेल्सियसको चिसो हावा दक्षिणी भाग तिर बगिरहेको हुनाले कोरियामा   आगामी हप्ता पनि थप चिसो बढ्न सक्ने केएमए को अनुमान छ l त्यस्तै जेजु टापुमा तथा  दक्षिणी छुङ्छेङ्ग प्रान्तमा बिहिबार राति तथा शुक्रवार दिउसो  २ देखि ७ सेन्टिमिटर सम्म हिउँ पर्न सक्ने जनाइएको छ l

तापक्रम अत्यधिक घटेर माइनस हुन थालेपछि मौसम बिभागले कोल्ड वेब एडभाइजरी जारि गरेको छ भने l स्वास्थ्य विभागले न्यानो कपडा लगाउन ,सकेसम्म घर बाट बाहिर ननिस्कन,  मक्सको प्रयोग गर्न  तथा फ्लु भ्याक्सिन लगाउन अनुरोध गरेको छ l

 

प्रतिक्रियाहरू