नेपालीको लगानीमा कोरियामा खुल्यो पहिलो रेमिट कम्पनी, आजबाट अनौपचारिक सेवा बिस्तार

2084

दक्षिण कोरियामा रहेका नेपालीहरूको लगानीमा सन्चालित नेपालीको पहिलो रेमिट- स्टार रेमिटले अनौपचारिक कारोबार आजबाट शुरू गरेको छ। रेमिटले अंग्रेजी नयाँ बर्षको अवसर पारेर आफ्नो कारोबार शुरू गरेको हो।

 कोरियामा लामो समय देखि परोपकारी तथा सामाजिक अभियन्ताको रुपमा रहेका  रुद्र शर्माको नेतृत्वमा सन्चालित उक्त रेमिटले अन्य १७ मुलुकमा रेमिट कारोबार गर्ने भएपनि नेपालीहरूलाई उच्च प्राथमिकतामा राख्ने बताएका छन्। यसअघि कोरियामा कोरियाली लगानीकर्ताहरुको लगानीमा मात्र रेमिट कम्पनीहरुले कारोवार सञ्चालन गर्दै आइरहेका थिए भने आजबाट अनौपचारिक रुपमा सञ्चालनमा आएको ‘स्टार रेमिट’  ले आफ्नो सेवा बिस्तार गरेको हो ।

यो रेमिट कोरियाको राजधानी सउल स्थित दोंदेमुन ३ नं गेट संगै रहेको  छ भने उक्त रेमिटको नेपालको जुनसुकै बैंक र बित्तिय संस्थामा रकम जम्मा गर्न सकिनेछ। अहिले देशभरका १५ हजार भन्दा धेरै ईशारा रेमिट, सेवा रेमिट र कुमारी बैंकको देशभरको शाखाबाट नगद प्राप्त गर्न सकिने बताईएको छ।

त्यस्तै, १ करोड वन सम्मको कर्जा, आकर्षक उपहार सहित ३० हजार कोरियन वन मौजाद रहेको निशुल्क सिम कार्डको सेवा दिईएको साथै आफ्नो मोबाईलबाट घरमा नै बसेर यो सेवा लिन सकिने पनि कम्पनीले जनाएको छ।

त्यस्तै, नेपालीहरुको लगानीलाई प्रोत्साहन गर्न र ‘स्टार रेमिट’ को उपयोग गर्न कोरियामा रहेका सम्पूर्ण नेपालीहरुलाई शर्माले आग्रह समेत गरेका छन् । रेमिटले  यहि जनवरी भित्र ग्रान्ड ओपनिङ गर्दै औपचारिक रुपमा गुणस्तरीय सेवा बिस्तार गर्ने लक्ष्य लिएको छ ।

स्टार रेमिटको एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

 थप जानकारीको लागी 01044911901, 025251900

प्रतिक्रियाहरू