कोरिया सरकारले रेमिट्यान्स कम्पनिहरुलाई मान्यता दिए संगै कोरियामा पहिलो पटक खुलेको जी एम इ रेमिट्यान्सले आफ्नो स्थापनाको १ बर्ष पुरा गरेको छ l गत बर्ष अक्टोबरमा बिधिबत रुपामा स्थापना भएको यस कम्पनीले १ बर्षको अबधिमा कोरियावाट सम्भवत सबैभन्दा धेरै रेमिट्यान्स भित्राइ सकेको छ l
कोरियामा रहेका नेपाली मध्येमा ७० प्रतिशत भन्दा धेरैले जी एम इ मार्फत नेपाल पैसा पठाउने दावी गर्दै आइरहेको यस कम्पनीले हाल कोरियाका बिभिन्न सहरहरूमा आफ्नो शाखा बिस्तार गरिसकेको छ l नेपालको ग्लोबल आइएमआइ बैंक संग सहकार्य गरिरहेको यस कम्पनीले नेपालमा रहेका अधिकांस बैंक तथा फाइनान्स कम्पनिहरुमा पैसा डिपोजिट गर्न सक्ने तथा रेमिट्यान्स मार्फत सिधै रकम भुक्तानी दिन सक्ने ब्याबस्था मिलाएको छ l
आफ्नो स्थापना कालको १ बर्ष अबधि पुरा गर्दै गर्दा कम्पनीले आफ्ना ग्राहक हरुलाई सेवा र सुबिधामा थप गरेको जिएमइ बजार ब्याबस्थापन प्रमुख धर्मराज गौतम बताउछन l उनका अनुसार हाल कोरियामा रहेका ७० प्रतिशत नेपाली जी एम इ का ग्राहक छन् l
स्थापना कालमा एकाउन्ट लग इन गर्नको निमित्त सम्बन्धित कार्यालयमै धाउनु पर्ने अबस्था थियो भने हाल आफ्नो आइडी कार्ड मार्फत घरमै बसी बसी अकाउन्ट खोलि पैसा पठाउन मिल्ने सुबिधा रहेको गौतम बताउछन l हाल अटो डेबिड सुबिधा समेत प्रदान गर्दै आइरहेको छ l
त्यसैगरी कम्पनीले यसै बर्ष देखि लागु हुनेगरी आफ्ना ग्राहक हरुलाई ३० लाख देखि १ करोड वन सम्मको ऋण सेवा समेत प्रदान गरेको छ l नेपाल पैसा पठाउदा जी एम इ रेमिटेन्स प्रयोग गरेको , कोरियामा भिषा अबधि ,आम्दानि आदिलाई आधार मानि ऋण प्रदान गर्न सकिने उनले बताए l
त्यस्तै कम्पनीले यहि जनवरी देखि लागु हुने गरि ग्राहक बिमा सेवा समेत प्रदान गरेको छ l जसानुसार नेपाली १० लाख कोरियन वन पठाउने ग्राहकको लागि ५० लाख कोरियन वन सम्मको बिमा सेवा प्रदान गर्ने छ भने यो सेवाको अधिकतम डेड करोड वन सम्मको हुन सक्ने जनाएको छ l
हाल कोरियामा आधा दर्जन भन्दा धेरै रेमिट्यान्स कम्पनीहरुले आ आफ्नै तरिकाले ग्रहाक हरुलाई सेवा सुबिधा हरु प्रदान गरि नेपालमा रेमिट्यान्स भित्राई रहेका छन् l कम्पनि हरु बीच आ आफ्नै खाले प्रतिशाप्रदा हुदा ग्राहक हरुलाई झन फाइदा भएको कोरियामा रहेका अधिकांस नेपालि हरु बताउछन l यसरी रेमिट्यान्सको सुबिधा बढेसंगै गैह्र कानुनि हुण्डी कारोबारमा ९० प्रतिशत गिरावट आएको अनुमान छ l