शुक्रबारको दिन कम्पनिमा काम अलि चाडै सकिन्छ । शनिबार र आइतवार कामबाट बिदा हुने हाम्रो कम्पनि स्कुल पढ्दाको शुक्रबार हाफ छुट्टी भएर कुदेर घरको आमाले बनाएर राखेको अर्नी खान पुग्दा जस्तो गरी होस्टल पुग्ने गर्दछु । नुहाएर कोठा भित्र पस्ने बित्तिकै आँखा फ्रिज तिर गयो । फ्रिजको ढोका उघारेर जुस खान के आटेको थिए जुस संगै रहेको हरियो बोतल सोजु तिर नजर पुगेर रोकियो एक चुस्की खाइदिउ जस्तो लागेर आयो । कामको थकानले शरीर पनि दुखी रहेको छ ~आ होइन बल्ल ६ बजेको छ अहिले नै पिउनु र होस संगै कोठा बस्ने दाइले काम सकेर संगै खाउला एक मनले भनिरहेको छ अलमल परे । अलमलको बिचमा कोरिया प्रबेश गरे देखी सबै तिर सजिलै पाइने सोजु यो जस्तो चर्चित अरु छ जस्तो लागेन खास यसको पिडा कस्तो होला यसको पनि मनका भावना कस्ता होलान यस्तै यस्तै अनेक जिज्ञासा मनका पलाएर आयो । यसको जन्म उत्पत्ति कहिले कहाँ बाट भयो होला कस्ले आबिस्कार गरेको होला ? सोध्न मन लाग्यो र सोधे उसैले आँफैलाई थाहा नभएको बतायो । मैले भने तिम्रो नाम यहाँ सोजु (सुल ) छ हाम्रो देशमा तिमीलाई रक्सी भन्छन । तिमी यहाँ एक थरी एउटै मुल्यका रहेछौ हाम्रो तिर त अनेक थरी अनेक मुल्यका हुन्छन । यहाँ धनी गरीब कामदार देखी राष्ट्रिपती सम्म भट्टी देखी तारे होटल सम्म जताततै तिमी सोजु मात्र हाम्रो तिर त लोकल रक्सी तोम्बा देखी लेबल सम्म स्तर अनुसार फरक फरकले स्वागत गरिन्छ । खुबै रुची पुर्वक अचम्म मानेर मेरो कुरा एकोहोरो सुनीमात्र रहेको थियो । मेरो मनमा यो पनि केही बोलोस दोहोरो कुराकानी होस भनेर सोचिरहेको थिए बिस्तारै बोल्न शुरु गर्यो । यसरी शुरु भो उसको मनमा उकुसमुकुस सबै यहाँ आएका नेपाली सँग रहेछ । अचम्म मान्दै तिमीहरु त खाने जात र नखाने जात हुदो रहेछ नि कोही जातले पाएको खाने हो भन्दै पिउछन कोही उता लुकी लुकी खाने गरीन्थ्यो यता कसले देख्छ र मजाले पिउने भन्दै पिउछन । उता महँगो यता कमाइको तुलनामा साह्रै सस्तो भन्दै गरेको पनि सुनेको छु । मलाई साह्रै खुल्दुली लागेको तिमीमा के छ त्यस्तो मानिसलाई तुरुन्तै परिवर्तन गरिदिन्छौ नबोल्ने लाई बोल्ने मिलेर संगै खान बसेका लाई झगडा पार्छौ मान्छे लाई बिरामी पारेर थला सम्म परेका छौ । इमान्दारिताका साथ उसले भन्यो हामी बिस्तारै शरीर भित्र आमासय र आन्द्रा बाट पसेर रक्तसन्चार मा पुग्छौ र ब्रेनमा आक्रमण गर्छौ र उत्तेजना पैदा गरिदिन्छौ र मानिसमा अचम्मका परिवर्तित व्यबहार देखा पर्दछन । मान्छेलाई लत मा फसाउने कलेजो खाने काम पनि तिमीले गर्छौ रे त हो ? हामी नरम छौ हामीलाई खाने लाई हामी भित्र पुगेर नरम चिज कलेजो खान मन पर्छ ।
अनि तिमी पनि पक्षपाती रैछ नि कोही भर्खर यहाँ खान सुरु गरेको लाई थला पार्छौ पच्चिस तिस बर्ष देखी यहाँ आएर खाइ रहेका लाई केही गरेको देख्दिन त दाइहरु खाइरहनु हुन्छ उसले अली आफुलाई अली कम्जोर नदेखाउदै कुटनितिक जवाफ दियो त्यस्तो होइन हामी अबस्य जित्ने छौ उनीहरुको पनि हार्ने दिन आउछ ढिलो चाडोको कुरा मात्र हो । अनि अर्को कुरा यहाँ नेपालीहरु राती सुतेको अवस्थामा मै मृत्युको घटना बढी रहेको छ यसमा पनि तिम्रो हात छ क्या हो ? सबैमा त भन्दिन तर हाम्रो पनि त्यस्ता घटनामा थोरै हात छ जस्तो लाग्छ । कसरी ? प्रतीप्रश्न तेर्स्याए उसको जवाफ थियो दिनभर कडा परिश्रम गर्छन तात्ने गरी अनि आएर हामीलाई एक सुरले तन्काउछन एक ठाउँ बाट अर्को ठाउमा बसाइ सरेको मौसम बाताबरण परिवर्तन भएको कोठा भित्रको भेन्टिलेसन हामीलाई पिय पछी ख्याल नगर्नेहरु उक्त घटना भित्र परेका हुन सक्छन ।
उसले लगातार बोलि रहेको थियो म सुनिरहेको थिए
एक्कासी ~~ओ पुन भाई ~आवाज ले झसङ् भए दाई अाइपुग्नु भएछ । हातको छोङी कप कच्याककुचुक पारेर दस्टविनमा फाले अनि सोजुलाई फ्रिज भित्र राखीदिए ।