कोरियाको अस्पतालबाट जीवन बचाइदिन नेपाली समुदायसमक्ष अपिल

11691

दक्षिण कोरियामा निम्प्नियाले ग्रसित भई उपचारार्थ एक युवकले अस्पतालको सैयाबाट आर्थिक सहयोगको अपिल गरेका छन् । आफँुसंग भएको पैसा उपचारमा सकिएपछि कोरियावासी नेपालीहरुसमक्ष सहयोगको अपिल गरेका हुन् ।
पर्वत फलेबास नगरपालिका खानिगाउँ ५ का २६ वर्षिय युवक अम्रित कुवँर राजधानी सउलको आन्याङस्थित हान्रिम शिक्षण मुटु अस्पताल (한림대학교성심병원) मा गत ७ गतेबाट उपचारार्थ भर्ना भएका छन् ।

इपिएस भिषामा काम गर्न कोरियाको आन्सान थान्वनगुमा आएका उनी गत ७ अचानक बिमारी भएपछि अस्पताल भर्ना गरिएको र लगत्तै आइसियुमा राखिएको थियो । कुबँर हाल जिवन र मृत्युको दोषाधमा रहेकाले उनको जीवन बचाइदिन सम्पूर्ण नेपाली समुदायसंग आग्रह गरिएको छ ।

आइसियु (भेन्टिलेटर) मा राखेर अचेत अबस्थामा निम्प्नियाको उपचार गराइरहेका कुँवरको आर्थिक अवस्था कमजोर भएकोले सहयोगको अपिल गरिएको हो । उनी कार्यरत कम्पनीले उपचारमा लागेको सबैपैसा ब्यर्होन नसक्ने बताएको कारण बिमारीका साथीहरु र आफन्तहरु चिन्तित भएका छन् ।

५ दिनमा १ करोड २० लाख कोरियन वन लागेको र अझै २ सातासम्म आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकोले ३ देखि ४ करोड वन वा सो भन्दा बढी पनि लाग्न सक्ने अस्पाताले जनाएको उनका कम्पनी सहकर्मी नबराज कार्कीले बताए ।

अस्पतालका डाक्टरहरुका अनुसार कुवँरको उपचारका लागि धेरै पैसा लाग्ने भएको हुँदा र त्यती धेरै रुपैयाँ आँफु र परिवारसमक्ष नभएका कारण कोरियामा रहेका नेपालीहरुलाई आर्थिक सहयोग गरिदिन आग्रह गरेका हुन् ।

पर्वत समाज दक्षिण कोरियाले पनि बिमारी कुवँरलाई सहयोग गर्न आग्रह गरेको छ । समाजका प्रतिनिधि नारायण भुषालले उपचारार्थ कुवँरलाई सकेको सहयोग गरी जीवन बचाइदिन कोरियामा रहेका नेपालीहरुसमक्ष अनुरोध गरेका छन् ।

सहयोगको लागि–
TIWARI NIKUNJA PRASAD
IBK BANK (आइबिके बैंक)
22141949002017

सम्पर्कको लागि–
नबराज कार्की (कम्पनीको सहकर्मी) – 01054331732
भुवन काफ्ले (कम्पनीको सहकर्मी) – 010-3597-9302

योगेन्द्र कुबँर – 01046896795
नारायण भुषाल – 01090622484
मिन बि क – 01048658501
दिपक सापकोटा – 01058167073

लक्ष्मी गुरुङ (अध्यक्ष एनआएनए)-01020786649
इपिएस छिन्गु (अरुण श्रेष्ठ) -01064427387

निकुञ्ज तिवारी – 01021308258

इन्छन् १८, जनवरी २०१९, दक्षिण कोरिया

प्रतिक्रियाहरू