काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले फेब्रुवरी ३ मा पाँचौ अधिबेशन तथा सम्मान कार्यक्रम गर्ने

1316

“सम्पूर्ण  काभ्रेली एक हौ, समस्त काभ्रेको सेवा गरौ !” भन्ने मुल नाराका साथ काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले पाँचौ अधिबेशन तथा सम्मान कार्यक्रम गर्ने भएको छ। यहीँ  फ्रेबुवरी  ३ तारिख आइतबार सौल स्थित (New Delhi Aunthehtic  Indian Cuisine) रेस्टुरेन्टमा  समय सांझ ५ बजे देखि अधिवेशन हुने भएको छ।

उक्त अधिबेशनमा  कामको शिलशिलामा काभ्रे बाट कोरिया आउनु भएका सम्पूर्ण काभ्रेली दाजुभाइ तथा  दिदिबहिनिहरुलाई उपस्थितीको लागी आयोजकले  हार्दिक निमन्त्रणा पनि गरेको छ । नँया  र उर्जाशील युबा  युबतीहरुलाई सामाजिक गतिबिधिमा रहेर मनोरञ्जन लिदै, सामाजिक  पुन्यकार्य गर्दै, निरन्तर  संस्थालाई अगाडि  बढाउनको लागि पनि समयमै अधिबेशन गर्न लागिएको समितिले बताएको छ।

साथै, बर्तमान कार्यसमितिले  गत छुसकमा  धादिङ समाज कोरियासँग संयुक्त रुपमा गरेको रिदम लाइभ कन्सर्टको  बचत रकमबाट काभ्रे जिल्लाको बिकट क्षेत्रहरुमा  शिक्षा र स्वास्थको  क्षेत्र (एम्बुलेन्स ) अन्तर्रगत सम्बन्धित स्थानीय सरकार र सामाजिक संग संस्थासंग  समन्वय गरी  हातेमालो गर्दै  प्रक्रियागत रुपमा अगाडि बढिरहेको  बर्तमान समितिले नै  पुर्णता दिने अन्तिम टुंगोसमेत  गरेको छ !

ट्रेन लाइन नम्बर ३, (압구정) आबखुजंग  स्टेशन  exit ३

प्रतिक्रियाहरू