कोरियामा भाइरल रोगको प्रकोप , स्वास्थ्यमा सतर्कता अपनाउन सुझाब

3982

कोरियामा चिसो मौसम बढे संगै बिभिन्न भाइरल रोग हरुको प्रकोप देखा परेको छ l राष्ट्रव्यापी रुपमा  जादुरा ,  ठेउला तथा स्वासप्राश्वास सम्बन्धि रोगले उच्च महामारीको रुप लिन थालेको छ l
कोरिया रोग नियन्त्रण तथा रोगथाम केन्द्रले  मंगलवार जनाए अनुसार यो बर्ष मात्रै ५ हजार ४ सय २७ जना ठेउलाका बिरामीले बिभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् l
त्यस्तै कोरियाको आन्सान ,ख्याङ्गिदो ,थेगु , उत्तरी ख्याङ्गसान  लगाएतका क्षेत्र हरुमामा दादुराका बिरामी हरुको संख्या बढिरहेको रोग नियन्त्रण केन्द्रले बताएको छ l
केद्रले रोगले महामारीको रुप लिन थालेपछि स्वास्थ्यमा सजकता अपनाउन अनुरोध समेत गरेको छ l बिसेष गरि बच्चाबच्चीलाइ यो रोगाले छिटो छोप्ने हुदा समयमै खोप लगाउन पनि अनुरोध गरेको छ l त्यस्तै श्वासप्र्वास सम्बन्धि रोग बाट बच्न बाहिर हिड्दा माक्सको प्रयोग गर्ने चिसो बाट बच्न समेत सुझाब दिएको छ l

प्रतिक्रियाहरू