कोरियामा कानुनि राज्यको अर्को उदाहरण , शक्ति दुरुपयोगको आरोपमा पुर्व प्रधान न्यायधिश पक्राउ

2039

भ्रष्ट्राचार तथा शक्ति दुरुपयोगको आरोप लाग्दै आएका कोरियन  पुर्व प्रधान न्यायाधीश यङ् सुङ टाय बिहिबार पक्राउ परेका छन् l उनलाई सियोल   जिल्ला अदालतले पुर्व राष्ट्रपति पार्क ग्युन हेको पालामा शक्तिको दुरुपयोग गर्दै भ्रष्ट्राचारमा संलग्न रहेको ठहर गर्दै पक्राउ आदेश जारि गरेको हो l

भ्रष्ट्राचार तथा शक्ति दुरुपयोगका थप प्रमाण हरु नष्ट गर्न सक्ने भन्दै हाल उनलाई सियोल स्थित न्यायिक हिरासतमा राखिएको छ l त्यस्तै अदालतले पुर्व न्यायधिश तथा राष्ट्रिय अदालात प्रशासनका प्रमुख पार्क ब्योंग दायलाइ पक्राउ गर्न भने अस्विकार गरेको छ l

४० बर्ष भन्दा धेरै बिभिन्न न्यायिक पदकमा रही काम गरेका  ७१ बर्षीय यङ्  लाइ ४० बर्ष सम्मको सम्पूर्ण शक्ति दुरुपयोग तथा भ्रष्ट्राचारको छानबिन हुने छ l उनलाइ  राजनीति प्रभाबमा परि सन् २०११ देखि २०१७को बिचमा तात्कालिन राष्ट्रपति पार्क ग्युन हे मार्फत छुट्टै न्याय परिषद खडा गरेको ,मुद्वाहरुमा हस्तछेप गरेको, न्यायाधीश हरुलाई सरकारी पक्षमा  फैसला गर्न प्रेरित गरेको लगायतका थुप्रै आरोप हरु छन्  lयद्यपी उनले उक्त आरोपहरुको खण्डन गर्दै आइरहेका छन् l

योंहाप

प्रतिक्रियाहरू