प्रवासी भुमी दक्षिण काेरियामा छरिएर रहेका सम्पुर्ण नेपाली फुटबल कल्वहरुलाई एकताकाे शुत्रमा गासी हामी नेपाली फुटबल प्रेमीहरु एक हाै भन्ने भावनालाई जागृत गराउदै “प्रवासी भुमीमा हामी नेपाली फुटबल प्रेमीहरुकाे एकता र बिकासकाे आवश्यकता ” भन्ने मुल नाराका साथ नेपाली फुटबलकाे बिकास र फुटबल खेलाडीहरुकाे हकहितकाे साथै फुटबलकाे माध्यमबाट नेपाल र नेपालीकाे पहिचान ,हिमालय , सगरमाथाको काे चिनारी र शान्तिका अग्रदुत भगवान गाैतम बुद्ध जन्मेको भुमि नेपाल भनी परिचित गराउदै नेपाली हरु माझ भाईचारा,मेलमिलाप ,सद्भाव,सहयाेग र आत्मियता बढाउदै लैजाने उद्धेश्य का साथ गठन भएको नेपाल फुटबल दक्षिण कोरियाले यहि फेब्रुरी ६ तारिख का दीन प्रथम अधिबेशन गर्ने भएको छ l
प्रवासी भूमिमा खेलको माध्यम बाट नेपालि हरु बीच एकता र भाइचाराको सद्भाव छर्दै आइरहेको यस संस्थाले आगामी दीनमा अझै ब्याबस्थित तथा ससक्त तरिकाले आगाडी बढ्नको लागि आधिबेशनको तयारीमा जुटेको बताएको छ l
सस्थाले उक्त दीन कोरियामा रहनुहुने सम्पूर्ण खेलप्रेमी महानुभाब हरु ,बुद्दिजीवी ,पत्रकार लगायतलाई उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेको छ l
कार्यक्रम वारे थप जानकारी
मिति : फेब्रुरी ६ तारिख बुधवार
समय : बिहान १० बजे
स्थान : अागमन रेष्टुरेन्ट दाेङ्देमुन सउल गेट नम्बर १