नेपाली संघीय समाज नेफेसो दक्षिण कोरियाले यहि फेब्रुवरी ५ मा आफ्नो तेश्रो महाधिवेशन गर्ने भएको छ। कोरियाको १०० जुन्यन खिन्यमग्वान सउल सि (नेपाल आइडलको कन्सर्ट हुने हल संगै) मा हुन लागेको महाधिवेशनमा प्रमुख अतिथिको रुपमा केन्द्रिय उप-महासचिव प्रकाश अधिकारी र विशिष्ट अतिथिको रुपमा माननीय प्रतिनिधि संसद प्रदिप यादव नेपालवाट आउनुहुने भएको छ।
“पहिचान, समावेशी र समृद्द राष्ट्र निर्माणको संकल्प
संघिय समाजवाद नै अबको निर्विकल्प”
भन्ने मूल नाराका साथ गर्न लागेको महाधिवेशनको हाल सम्पूर्ण तयारी पूरा भएको जानकारी आयोजकले दिएको छ भने अधिवेशनमा सहभागीताको लागि सबैमा पत्राचार गरि सकिएको भएता पनि केही प्राविधिक कारणले पत्र प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कोरिया वासी सम्पुर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइहरुलाई उपस्थिति भै दिनको लागि नेफेसो कोरियाका प्रवक्ता पासाङ्ग नुर्वु शेर्पाले अनुरोध गर्नुभएको छ।