ज्यालामा काम गर्ने श्रमिकहरुको सङ्गठनलाई ट्रेड युनियन भनिन्छ। कोरियामा ज्यालामा काम गर्ने प्रवासी श्रमिकका समस्याहरु धेरै छन । यि बिभिन्न समस्याको समाधान एक्लै गर्न संभव छैन, त्यसैले यसको समस्याको समाधान गर्न सबै प्रवासी श्रमिक एकजुट हुनुपर्दछ । एकजुट हुन युनियन चाहिन्छ । एम.टि.यु (MTU) कोरियामा रहेका सबै देशका प्रवासी श्रमिकको साझा युनियन हो।
यो सन् २००५ अप्रीलमा प्रवासी श्रमिक द्वारा प्रवासी श्रमिक कै हक-अधिकारका निम्ती स्थापना गरिएको र सन २०१५ मा कोरियन सरकारको श्रम मन्त्रालयमा दर्ता भएको पुर्ण रुपमा स्वतन्त्र युनियन हो । एम.टि.यु कोरियन ट्रेड युनियन महासंघ (केसिटियु) सँग आवद्ध छ। प्रवासी श्रमिक युनियनले प्रवासी श्रमिकहरुको समस्या समाधान लगायत पेशागत हकहितको सुरक्षाको लागि काम गर्दछ । साथै प्रवासी श्रमिकलाई आफ्नो हक अधिकारको बारेमा सचेत गराउने , सकृय बनाउने , अधिकार प्राप्ती र रक्षाका लागी परिचालित गराउने गर्दछ ।
प्रवासी श्रमिक युनियनले आफ्नो स्थापना काल देखि नै कोरियन सरकारले प्रवासी श्रमिक प्रति गरेको भेदभावको बिरुद्धमा, इपिएसका नराम्रा पक्षमा सुधार, बिना दर्ता मजदुरी गरिराखेको श्रमिक लाई दर्ता गर्नुपर्ने, धरपकड बन्द हुनुपर्ने लगायतका बिभिन्न बिषयमा निरन्तर सङ्घर्ष गर्दै आईराखेको छ । कोरियन सरकारले दिन प्रतिदिन नयाँ नियम कानुन बनाई प्रवासी श्रमिक माथि दमन शोषण र आफ्नो हक-अधिकारको उपयोग गर्नबाट बन्चित गराई राखेको छ । प्रवासी श्रमिकलाई श्रमिकको रुपमा व्यवहार गरिराखेको छैन। प्रवासी श्रमिकका हक अधिकारलाई मान्यता दिइएको छैन । प्रवासी श्रमिकहरुले सरकारको दमन शोषण बाट मुक्ती पाउन, आफ्नो हक अधिकार प्राप्त गरि श्रमिकको रुपमा स्वतन्त्र जिवन यापन गर्न श्रमिक युनियनमा आवद्ध भै सङ्घर्ष गर्न अति जरुरी छ। जब हामी श्रमिकहरु हाम्रो हक अधिकारको लागी एकजुट भएर आवाज उठाउँछौ तब मात्र हामिले हाम्रो अधिकार प्राप्त गरी स्वतन्त्र जिवन यापन गर्न पाउछौ ।
सरकारले दिन प्रति दिन नयाँ नियम कानुन बनाई प्रवासी श्रमिक माथि दमन शोषण र आफ्नो हक अधिकारको उपयोग गर्नबाट बन्चित गराई राखेको छ । प्रवासी श्रमिकलाई श्रमिकको रुपमा व्यवहार गरिराखेको छैन । प्रवासी श्रमिकका हक अधिकार लाई मान्यता दिइएको छैन । प्रवासी श्रमिकहरुले सरकारको दमन शोषणबाट मुक्ती पाउन, आफ्नो हक अधिकार प्राप्त गरि श्रमिकको रुपमा स्वतन्त्र जिवन यापन गर्न श्रमिक युनियनमा आवद्ध भै सङ्घर्ष गर्न अति जरुरी छ । जब हामी श्रमिकहरु हाम्रो हक अधिकारको लागी एकजुट भएर आवाज उठाउछौ तब मात्र हामिले हाम्रो अधिकार प्राप्त गरी स्वतन्त्र जिवन यापन गर्न पाउछौ । हामि एकजुट भएर सङ्घर्ष गर्न नसके हामिले आफ्नो हक अधिकार सुनिस्चित गर्न सक्दैन अधिकार कसैले त्यतिक्कै दिदैन कुनै पनि साहु (रोजगारदाता) सरकार त्यतिकै तलब बढाउन या अधिकार दिन मान्दैन दबाब सृजना गरेर नै प्राप्त गर्न सकिन्छ । प्रवासी श्रमिक युनियन एम.टि.युले प्रवासी श्रमिकलाई एकजुट बनाई निस्चित लक्ष्य सहित हक अधिकार प्राप्तीका लागी सङ्घर्ष गर्दछ ।
हाल प्रवासी श्रमिक युनियनले कोरियन सरकार समक्ष निम्न माग राखेर सङ्घर्ष गर्दै आइराखेको छ ।
- कार्य स्थल परिवर्तन गर्न पाउने स्वतन्त्रता, इपिएस प्रणालीमा सुधार गरि कार्य भिषा प्रणाली ड्ब्लुपिस लागु हुनु पर्ने
- प्रवासी श्रमिकको जथाभावी ज्याला कटौती बन्द हुनु पर्ने
- बस्ने भाडा र खानाको खर्च सम्बन्धी जवर्जस्ती असुल्ने नियम खारेज गरी बस्ने ठाउँको आधारभूत स्तर बलियो बनाउनु पर्ने
- प्रवासी श्रमिक माथी गरिने धरपकड र शोषण अन्त हुनु पर्ने
- कृषि क्षेत्रका प्रवासी श्रमिक माथि भेदभाव गर्ने श्रम नियमको धारा ६३ खारेज हुनुपर्ने
- प्रवासी महिला श्रमिक माथी गरिने भेदभाव र शोषण अन्त हुनुपर्ने
त्यसैले, आफ्नो हक अधिकार प्राप्तिका लागी आजै सबै प्रवासी श्रमिकहरु प्रवासी श्रमिक युनियन एम.टि.यु को सदस्य बनौ ।