राष्ट्रिय प्रजातन्त्र दिवश २०७५ को उपलक्ष्यमा नेपाली राजदूतावास कोरियाले निबन्ध प्रतियोगिता गर्ने भएको छ। निबन्धको शिर्षक “श्रम कोरियामा, उद्दम नेपालमा” रहेको छ। सहभागीले सोही शिषर्कमा नेपालीमा भाषामा न्युनतम १००० र अधिकतम १५०० शब्दमा रहि शिष्ट र सभ्य भाषामा आफैले लेखेको वा रचना गरेको निबन्ध सफासँग हस्तलिखित वा कम्प्युटर टाईप गरि आफ्नो नाम, ठेगाना, ईमेल, सम्पर्क नम्बर र परिचय खुल्ने पासपोर्ट तथा ऐलियन कार्डको प्रतिलिपी सहित दूतावासमा आफै उपस्थित भई वा दूतावासको ठेगानामा वा ईमेल मार्फत पठाउनुपर्ने छ। कोरियामा रहेका इच्छुक सबै नेपालीहरु सो निबन्ध प्रतियोगितामा सहभागि हुन सक्नेछन्। प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय स्थान प्राप्त गर्नेलाई नगद पुरस्कार तथा ट्रफिले सम्मानित गरिने दूतावासले जनाएको छ।
निबन्ध प्रेषित गर्ने ठेगाना:
Embassy of Nepal
19, 2 gil Seonjam-ro, Seongbuk-gu, Seoul
ईमेल: nepembseoul@yahoo.com
सम्पर्क नं: 02-37899770/02-37899771
बिस्तृत जानकारीको लागी तल राखिएको दुतावासको सुचना पढ्नुहुन हार्दिक अनुरोध गरिन्छ।
NOTICE FOR ESSAY COMPETITION ORGANIZED BY THE EMBASSY OF NEPAL, SEOUL