कोरियाको १० वर्षे यात्रा – चारओटा औला काटिएको घटना देखि दुई कार्यकाल अध्यक्षसम्म

2250
३ दिनको कोरियाको तालिम केन्द्रको सिकाई पछि कम्पनीमा आएको ३ दिनमै एक साथीले कम्पनी दुर्घटनामा परि चारओटा औलाको भाग गुमाउनु परयो ।त्यो घटना संगै कोरियाको दुतावासमा सम्पर्क भयो । हामी किम्हेको जिन्याङ भन्ने ठाउँमा थियौं शुरुवाती अवस्थामा स्वचालित मेशिनको ज्ञान नभई एकातिर घुमाउनु पर्ने बटम अर्कोतिर भएको अवस्थाले त्यो दुर्घटना निम्तेको थियो । हुनत कोरियामा शुरुवाती अवस्थामा कम्पनीको मेशिनहरुको बारेमा जानकारी नहुनु, भाषाको ज्ञान नहुनु जस्ता कारणले दुर्घटना हुने गर्छ । यही घटनासंगै किम्हेमा नै रहेका किम्हे माईग्रेन्ट हाउसका नेपाली प्रमुख यज्ञराज सुवेदीसंग भेटघाट भयो । म नेपाल देखि नै पत्रकारितामा आवद्ध थिए ।
कोरिया आएको केही महिनामा भोग्नुपरेको अवस्थालाई समेटेर मैले “सोचे जस्तो रहेनछ कोरिया” भनेर एक लेख ऐक्यवद्धता मासिकमा छपाए । २००८को सेम्टेम्बर २२ म कोरिया छिरको थिए । कोरियामा एकै कम्पनीको लागि हामी ३ जना थियौं । आएको बेला कोरियामा चिनेको भन्ने नै मेरो कोही थिएन । २००७ मा कोरिया र नेपाल विच ईपिएस लागु भएपपछि शुरुवाती अवस्थामै हामी कोरिया प्रवेश गरेका थियौं । त्यो बेलामा नेपाली साथीहरु भेटदा हामी खुसीले उफ्रन्थ्यौं । देश छोडेर विरानो ठाउँमा आउदाको पिडा एकतिर थियो । अर्कोतिर साथी लोकेन्द्र लिम्बुको एक हातमा गम्भीर दुर्घटनामा परेपछि त्यस घटनाले हामी काम गरेकोलाई बनाएको दुःखको बयान गरि साध्य छैन । कोरियाको बसाई यो एउटा प्रतिनिधि घटना थियो । त्यसपछि कति आरोह अवरोह पार गदैं जादा अहिले १० वर्ष वितेछ । कम्पनीको काम ः कोरियामा ईपिएस प्रणालीबाट आएको कारण हामी कम्पनीमा काम गरथ्यौं । कोरिया आउनु अघि केही कोरिया आएका व्यक्तिहरु संग सम्पर्क गरियो ।
सबैं कोरियाको रमाइलो मात्र सुनाउथे । कस्तो काम गरयो भन्दा कोही चाउचाउ कम्पनी कोही विस्कुट कम्पनी भन्थे । हामीलाई पढाउने सर चाहि कोरिया नै काम गरेर फर्केका थिए उहाँले चाही दुःख हुन्छ एक हातले पसिना पुछेर काम गरयो तलब थापेको दिन चाहि बिर्सिईन्छ भन्नुहुन्थ्यो । कोरियामा गर्नु पर्ने काम नै थ्री डी नै हो त्यो कुरालाई आउन चाहनेले राम्रो संग बुझ्न नचाहनु र अनुभवी हरुले सही शेयर नगर्दा पनि समस्या थिए । डेन्जर(खतरा), डिफिकल्ट(अप्ठयारो),डर्टी (फोहोर) नै थ्री डी थियो भने कोरियनहरुले नगरेका र गर्न नचाहेको कारण विदेशी कामदारको माग गरिएको हो । आउना साथ कोरियाको कम्पनीमा खटनु सजिलो कहाँ थियो र ? अगाडि ठुलो स्वरले कराउने मेशिन अनि पछाडि काम गराउन बसेको फान्जाङ(कोरियन सुपरभाईजर) लगातार मेशिन संग काम गर्नुपर्ने आफू पनि मेशिन संगै यही अवस्थाबाट कोरियाको कम्पनी संग अनुभवी हुदैं गइयो ।२००८ मै विश्वब्यापी मन्दीको असर कोरियामा पनि परेको थिए जसले गर्दा कम्पनीले २ महिनामै कम्पनी बन्द हुने अवस्थामा पुगेको भन्दै अन्त काम खोज्न भन्यो । नयाँ व्यक्तिको लागि यो पनि धेरै गाहे विषय थियो । त्यतिबेला नजिक साथी भुवन बस्नेत लगायत ३ जना साथी एक कम्पनीमा रहेकोले भेटघाट भयो । यता किम्हेमा माईगेन्ट सेन्टर त्यतिबेला चर्चको रुपमा चिनिएपनि नेपालीहरुलाई शेल्टर पनि थियो । त्यसपछि त्यही बसेर सुवेदी सर मार्फत नै कम्पनीहरु खोज्ने काम गरियो । त्यतिबेला जव सेन्टर गएपछि कम्पनीहरुको कामदार मागेको लिष्ट दिन्थ्यो जुन आजकले भने म्यासेज दिने सिस्टम छ । त्यसमा कल गरेको कामको अवस्था सम्बन्धी पुरा विवरण बुझेर जानु पर्दथ्यो । हामी किम्हेको शेल्टरमा रहेको कारण काम खोज्न केही सहज थियो । तर कोरियामा मन्दीको शुरुवात भएकोले काम पाउन नै गाहे अवस्था थियो । विदेशी बेराजगार बढेकोले कम्पनी कम्पनीमा काम खोज्नेको उत्तिकै हुन्थे ।
त्यो बेला आफुले साथी मार्फत जान चाहे पनि सजह परिवर्तन गरेर उक्त कम्पनीमा जान पाईने पनि थियो । जुन आजकल चाहि म्यासेज पार्नुपर्छ । केही समयपछि बसाई पछि १ कम्पनी छानियो । यस्तै गरी कम्पनीकै कारण शुरुमा काम छोडेको पछि १५ महिना पछि आफू पनि सरियो । हुनत कोरियामा सके सम्म एउटै कम्पनीमा काम गर्नु राम्रो हो । त्यसबेला पुरा समय बसेकोलाई पुन ल्याउने कमिटेड भिसाको व्यवस्था त थिएन । हामी फर्कने बेला लागू भएकाले म संगै आएको ईन्द्र लिम्बु चाहि कमिटेड बन्न सफल भए । पुरानो कम्पनीको कारणले काम छोडेकोले त्यो गन्ती भएको थिएन । यसरी कहिले कम्पनीको अवस्था त कहिले आफुले राम्रो खोज्ने भन्दै कोरियाका धेरै कम्पनीहरुमा काम गरियो । सामाजिक अवस्था र संघ संस्था ः शुरुको घटनाले मलाई कोरियाको सामाजिक अवस्था र यहाको संघ संस्थाहरुसंग नजिक हुदै सामुदायिक रुपमा अगाडि बढन पनि आवश्यकतालाई औल्यायो । कम्पनीमा भएको घटना संगै होस या फेरि शेल्टर मा आफू नै बस्नु पर्ने अवस्था । शेल्टर संचालक समेत रहनुभएका यज्ञराज सुवदी ज्यु जसलाई म आफै पनि “सुवेदी सर” भन्ने गर्छु लामो समय कम्पनीको साथीको दुर्घटनाको अवस्था र त्यसपछिको छतिपूर्ति सम्बन्धमा छलफल भईरहयो । शुरुवाती दिनमा नेपाली भेटनु नै ठूलो कुहा हुन्थ्यो विदाको दिन किम्हेमै भेटघाट हुने वातावरण शुरु भएको थियो । त्यतिबेला भेटघाट गर्ने संस्था न्युन थियो तर भेट भने आत्मिय हुन्थ्यो । त्यस बेला किम्हेमा एन सि सि सक्रिय थियो । तत्कालिन अध्यक्ष भुपेन्द्र खत्री सहित त्यसबेला सामाजिक रुपमा सक्रिय व्यक्तिहरुसंगको भेटघाट बढदैं गयो । क्षेत्रीय रुपमा धेरै संघ संस्था थिएनन त्यस माथि केन्द्रमा पनि एन आर एन र एन सि सि मुख्य सक्रिय थियो ।
विस्तारै संघ संस्थाहरु बढदैं थिए शुरुमा सकारात्मक काम हरु संगैं स्वस्थ्य रुपमा संघ संस्थाहरुले दुःखमा रहेको नेपालीहरुको साथी बन्ने काम गरेको थियो । कम्पनीको साथी दुर्घटना पर्दा , आफैले काम छोडनु पर्दा अनि कोरियामा अन्य समस्याहरु समाधान गरेर अगाडि बढन साथीहरु एक जुट हुनुपर्छ संघ संस्थाहरुसंग आवद्ध हुनुपर्छ भन्ने भावना विकास भयो । त्यही संगै म एन आर एन कोरियाको कार्यसमिति सदस्य भए । पत्रकारितामा किम्ह्ेबाट सक्रिय भएको कारण नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको सचिव हुदै दुई पटक अध्यक्षको जिम्मेवारी पनि बहन गरे । पत्रकार महासंघमा जसरी सर्वसम्वत अध्यक्ष भए हामीले पत्रकारहरु विच एक जुट भएर अगाडि बढनुपर्छ । हामीले समाजको लागि खवरदारी गरि सुचना र सन्देश दिनुको साथै बाटो देखाउने काम गरिरहनुपर्छ भनेर लाग्यौं । अझै एन आर एन मा केन्द्रीय रुपमा लागेर केही गरुकी भन्ने पनि लागेको थियो त्यसमा भने सफल भईएन । तर पनि साथीहरुले गरुन भन्ने लाग्छ ।अहिले संघ संस्थाहरु प्रति हेर्ने दृष्टिकोण पहिले जति राम्रो छैन । यसको मुख्य कारण भनेको पारदर्शिता नै हो जस्तो लाग्छ । कतिपय सामाजिक अभियानको नाममा भएका कार्यहरु जव सामाजिक रुपमा बदनाम भए कति संघ संस्थाले सहयोग भन्दै उठाएका रकम हिनामिना गरे , व्यक्तिहरुले रकम दुरुपयोग गरे यसले संघ संस्थाले गर्दै आएको सामाजिक कार्यलाई धुमिल बनायो । रात दिन नभनि यो समाजको लागि काम गर्ने सामाजिक अभियन्ता साथीहरुको मनोबल खसाउने काम पनि भए यसको लागि सबैं मिलेर खास संयन्त्र बनाउनु पर्दछ । बेलगाम यसरी नै चलिरहयो भने त यसले दुर्घटना निम्ताई नै रहन्छ । यसको लागि कोरियाको संघ संस्था र अभियानहरुमा सुद्धिकरणको आवश्यकता छ । यसले नै खराबलाई दण्डित गर्दै असल समाजसेवीको मनोबल बढाउन सकिन्छ । म आफै पनि १० वर्ष किम्हे बुसान क्षेत्रमा बसेर पनि सोल केन्द्रमा राखेर पनि जसरी काम गरियो संस्थागत शुद्धिकरण भयो भने मात्र यस अभियानले सार्थकता पाउन सक्छ । सामाजिक संजाल र अस्वस्थ्य प्रतिस्पर्धा ः शुरुवाती दिनमा सामाजिक संजालहरुले मानिसलाई जोडने काम गरयो ।
जसरी राजनीतिले ठूला परिवर्तनहरुमा जनताहरुलाई जोडयो त्यसरी नै सधै जोडेर राख्न सकेन । यस्तै भयो सामाजिक संजालपनि कसैको समर्थन र कसैलाई गाली गर्नलाई प्रयोग हुदै गयो । पदमा बस्नेहरुले आलोचनाबाट सिक्नुपर्छ भन्ने बुझेनन , गल्ती कमिकमजोरी हुन्छन त्यसलाई सच्याएर अगाडि बढनुपर्छ भन्ने कुरा सामाजिक संजालमा साथीहरु मनन गर्न पनि सकेनन । अनि एकले अर्कोलाई गाली गर्ने , जे पनि भनिदिने राम्रो नै काम गरेपनि कसले, कहाँ , कसरी भन्ने प्रश्न उब्जिनै रहयो । सामाजिक संजाल होस या ग्रुपहरु यसले सामाजिक रुपान्तरण गर्न या आर्थिक विकास जस्ता ठोस पाटाहरुमा प्रयोग भएनन । केवल पैसा उठाउने , आफुलाई जे मन परयो त्यही लेख्ने कार्यले मात्र सामाजिक संजालमा ठाउ पायो । विस्तारै मानिसहरु फेसबुक र मोवाईलमा पपजी जस्ता गेमहरुमा भुल्न थाले । एक आपसमा जोडने सामाजिक संजाल र यो मोवाईलले मानिसलाई एक्लै बनाउदै लगेको छ । संगै भएर पनि एक अर्कोमा कुराकानी भन्दा पनि परिवार र साथी भन्दा मोवाईलमा मानिसहरु व्यवस्त हुन थालेका छन । विदेशमा बसेर पनि एक अर्कासंग कसरी सहकार्य गरेर अगाडि बढने भन्ने भावनामा कमि आएको छ । यसको लागि सकारात्मक भाईभ गर्नु अहिलेको आवश्यकता पनि । सामाजिक संजालमै रुमलिएको अहिलेको पुस्तालाई यही सामाजिक संजालमार्फत सकारात्मक सन्देश दिने गरि काम गर्न पर्छ ।
प्रतिक्रियाहरू