नेपाल पत्रकार महासंघ कोरियाद्धारा पत्रकार खेम कार्कीलाई सम्मान तथा बिदाई

989

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको निबर्तमान अध्यक्ष तथा बर्तमान केन्द्रिय पार्सद खेम कार्कीलाई नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले भब्य सम्मान तथा बिदाई गरेको छ ।

दोङ्देमुन स्थित शुभेच्छा रेस्टुरेन्टको हलमा गरिएको बिदाई कार्यक्रमका सभापतित्व महासंघका अध्यक्ष रन्जन कुवँरले गरेका थिए भने सन्चालन महासचिब मिन बिकले गरेका थिए।

कार्यक्रममा एनआरएनए एसिया प्यसिफिक महिला सम्योजक जुनु गुरुङ, एन सि सि वरिष्ठ उपाध्यक्ष श्री प्रसाद श्रेष्ठ ,प्रदेश नम्बर ३ का अध्यक्ष किशोर ब्लोन नियोन,धादिङ समाजका अध्यक्ष सन्तोष अधिकारी ,दोलखा समाजका अध्यक्ष सरोज के सि ,काभ्रे समाजका सानु लामा, चितवन सम्पर्क समाजका प्रतिनिधि, थारु कल्याणकारी समाजका शिव संकर महतो, नुवाकोट समाजका सचीव शुन्दर अधिकारी लगायत थुप्रै सामाजिक अभियान्ता युवाहरु, समाजसेवी,राजनितिक दलका प्रतिनिधि, बुद्दिजिवी तथा पत्रकार मित्रहरुको बाक्लो उपस्थित रहेको थियो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै एन आर एन महिला सम्योजक जुनु गुरुङले “पत्रकार महासंघ कोरियाले कोरियाको नेपाली समाजमा सधै अग्रणी क्षेत्रमा रहि खेलेको भुमिका सम्मानजनक रहेको र कोरिया काम र बाँकी समय तथ्य समाचार प्रसारण गरि आम कोरियाबासी नेपालीमा समाचार पुर्याउने पत्रकार ज्यु हरुलाई सम्पुर्ण निकायले सम्मान हौसला दिनुपर्ने बताइन् र एनआरएन केन्द्रले सदैव विभिन्न क्रियाकलाप गर्दा पत्रकार महासंघ केन्द्रसँग सल्लाह लिने गरेको कुरा पनि अवगत गराएका थिइन्”।

त्यसैगरी बरिष्ठ उपाध्यक्ष श्री प्रसाद श्रेष्ठले “कोरियामा बिदाई कार्यक्रम भब्य सभ्य बनाउनु भएको र अबका दिनहरुमा बिदाई कार्यक्रमहरुलाई पनि एकरुपता गर्नुपर्ने कुरामा जोड दिनु भयो त्यस्तै नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष रन्जन कुवँरले “एकैसाथ काम गरेर धेरै कुराहरु सिकेको र अब आउने दिनहरुमा पनि उत्तिकै साथ सहयोग प्राप्त गर्ने कुरामा आफू बिस्वस्त रहनुका साथै नेपाल बसाईमा समृद्ध देश बिकासमा ब्यवसायिक पत्रकारिता जोड दिई आगामी दिनमा अझै शसक्त रुपमा आफ्नो पेशागत मर्यादालाई कायम राखी पत्रकारिता जगतमा उपलब्धिमुलक काम गर्नु हुन सुझाब दिएका थिए भने नेपाल बसाई भएता पनि कोरिया शाखालाई सल्लाह सुझाबको सदैब अपेक्षा रहेको व्यक्त गर्दै खादा ओढाएर सम्मान पत्र निवर्तमान अध्यक्ष खेम काक्रीलाई हस्तान्तरण गर्नुभएको थियो । भने उपस्थित सबैले पालैपालो खादा ओढाएर सम्मान गरेका थिए ।

सम्मान ग्रहण गरिसकेपछी कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्षले उपस्तिथत सम्पुर्णलाई धन्यवाद दिदैं भौतिक रुपमा टाढा भएता पनि अहिलेको डिजिटल दुनियाँमा हामी साथमै रहने र साथ सहयोग सदैव वरप नै रहने धारणा राख्नुभयो।

उँहा बिगत लामो समय कोरियालाई कर्मथलो बनाउँदै नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको अध्यक्ष पदमा  रहेर २ वटा कार्यकालको सफल नेतृत्व समेत सम्पन्न गर्नुभएको एक कुशल पत्रकार हुनुहुन्छ।

प्रतिक्रियाहरू