प्रबासी नेपाली एकता मन्च कोरिया द्वारा शोक बक्तब्य जारी ,साथै श्रद्धाञ्जली सभा पनि गरिने

1983

यहि फाल्गुन १५ गर्ने ताप्लेजुङ को फुङलिङ, १० सिस्नेभिरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका नेकपाका केन्द्रिय सदस्य तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहित अन्य ६ जना विशिष्ट नागरिक हरुको निधन प्रती नेकपा को प्रबास संगठन प्रबासी नेपाली एकता मन्च (ONUF) द.कोरिया ले गहिरो शोक बक्तब्य जारी गरेको छ ।

मन्च का प्रस्तावित संयोजक पर्शुराम सापकोटा र सचिब दिलिप धिताल द्वारा संयुक्त रुपमा हस्ताक्षर गरिएको उक्त शोक बक्तब्यमा मुलुकले एक कुशल, सङ्घर्शशिल र बिकाशप्रेमी युबा नेता गुमाएको जनाइएको छ ।मन्त्री अधिकारी सहित पर्यटन उद्दमी ,राष्ट्र सेबक कर्मचारी,चालक र अन्य विशिष्ट ब्यक्तित्व हरुको निधनले देशलाइ अपुरणिय क्षति पुगेको मंचका सम्योजक सापकोटाले बताए । हेलिकप्टर दुर्घटनाको अपुष्ट खबर मिडियामा छाउने बित्तिकै कोरियामा रहेका अधिकाम्श नेपाली हरुले आ-आफ्नो सामाजिक सन्जालमा मन्त्री अधिकारी सहित सवार सबै जनाको कुशलताको कामना गरेका देखिन्थे ।यद्यपि दुर्घटना भएको को पुष्टि पश्चात् पुनः सामाजिक सन्जाल हरु शोकाकुल बनेका थिए ।

मन्त्री अधिकारी को निधनले देश बिदेशमा रहेका सम्पुर्ण नेपाली युबाहरु स्तब्ध बन्दै सामाजिक सन्जालमा शोक ब्यक्त गरेको देख्दा नेपाल आमाले एउटा सच्चा देशभक्त नागरिक गुमाएको मन्चका सचिब दिलिप धिताल ले बताए । साथै प्रबासी नेपाली एकता मन्च कोरियाले यहि मार्च ३ तारिक आइतबारका दिन सौल मा मृत आत्माहरुको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली सभाको आयोजना समेत गरेको छ ।कोरियामा रहनु दाजु भाइ दिदी बहिनिहरुलाइ सम्भब भएसम्म उपस्तिथ भएर श्रद्धा अर्पण गर्न एकता मन्च ले अनुरोध समेत गरेको छ ।

प्रतिक्रियाहरू