पाँचथरका स्वर्गीय सन्त कुमार तामाङको परिवारलाई कोरियाबाट आर्थिक सहयोग हस्तान्तरण

1077

पाँचथर जिल्ला फाल्गुनन्द गाँउ पालिका ३ जौबारी निवासी कुबिन्द्र तामाङ (सिंदन) को छोरा श्व. सन्त कुमार तामाङ वर्ष २१ को काम गरिरहेको समयमा अचानक वेहोश भई ढलेको त तत्काल काठमाण्डौ B And C Hosptal को ICU कक्षमा उपचारको क्रममा निधन भएको र Hosptal मा तिर्ने रकम र काठमाण्डौबाट लास घर सम्म लैजाने खर्चको अभाबको कारण देश बिदेशमा रहेका नेपाली सामु अपिल गरिएको थियो।

घरको आर्थिक अवश्था कमजोर भएको कारण प्रवास मुलुक दक्षिण कोरियाको पौवा सारताप दाजुभाई समुहले सहयोगी हातहरु बढाई संयोजक खगेन्द्र तामाङको संयोजकत्वमा नेपाली रकम रु. ६३,०४०/- (त्रिसठ्ठी हजार चालीस) संकलन गरी स्वर्गीय तामाङको परिवारलाई हस्तान्तरण गरिएको छ। रकम हस्तान्तरणको लागि कोरिया रिटायर्ट एन.के. मोक्त्तान, समाजसेवी मनराज तामाङ र समाजसेवी विजय नेम्वाङले साथ दिनुभएको थियो भने आवश्यक परे अझै सहयोगी हातहरु सामु सहयोगको अघि बढ्ने भत्त बल तामाङले बताए।

प्रतिक्रियाहरू