प्रधानमन्त्री के.पि ओलीज्युलाई कोरियाबाट नेपाल पर्यटन बोर्डका मानार्थ दुत केपी सिटौलाले दिए यस्तो सुझाब

1550

गत १५ फेब्रुअरी ताप्लेजुङमा भएको हेलीकोप्टर दुर्घटनाले सम्पूर्ण नेपालीहरुलाई मात्र रुवाएन नेपालको पर्यटन क्षेत्रलाई निकै ठुलो क्षति पुर्यायो। मेरो छोटो बुझाईमा २३ सेप्टेम्बर २००६, ताप्लेजुङ् कै घुन्सामा डा.हर्क ब.गुरुङ लगायत अन्य २३ जनाको ज्यान गएको हेलिकोप्टर दुर्घटना पछीको पर्यटकिय निकायलाई हुन पुगेको दोस्रो ठुलो क्षति राष्ट्रले बेहोर्नु परेको छ।

देशलाई समुन्नत बाटोमा लैजान मुख्य स्रोत मध्यको एक हो नेपालको पर्यटन क्षेत्र। पछील्लो राजनितिक धरातलमा देशले मागेको, आशा लाग्दो, उर्जावान उदाउदै गरेको युबा नेताको रुपमा फक्रिनै नपाई कोपिलामै चुडिन पुग्यो रबिन्द्र अधिकारी नामको फूल। बिभिन्न काल खन्डमा देशलाई केही योगदान गर्नेहरुलाई बिगतमा पनि मृत् यु पस्चात राष्ट्रले केही सम्मान गरेका प्रमाणहरु हाम्रो देशमा छन। हालको सन्धर्बमा पनि पर्यटन क्षेत्रमै लामो ईतिहास बनाइसकेका आङ छिरिङ्ग शेर्पा,नागरिक उद्दयान प्राधिकरणका उच्च ब्यक्तित्वहरु लगायत ७ जनाको प्रतिनिधित्व गर्दै तेह्रथुमको चुहान्डांडा पुगेका थिए पर्यटन मन्त्री रबिन्द्र अधिकारी।

जुन एयरर्पोर्ट बनाउने सन्देश र सपना स्थानिय जनतालाई बांडेर फर्किए त्यो नै उनको जिबनको अन्तिम सार्वजनिक अभिब्यक्तीमा टुङियो। हाम्रो संस्कारमा कसैको म्रीत्यु भन्दा अगाडि बोलिएको अन्तिम चाहनालाई पुरा गरी दिने संस्कार पनि छ। यो आकस्मिक दुर्घटना भएकोले यसमा केही भिन्नता भएपनी अनर्थ नलगाइदिनुहोला। यो बिषयलाई लिएर बिभिन्न मीडिया र सामाजिक सन्जालमा धेरै खाले प्रतिक्रीयाहरु पनि आइराखेको बेला नेपाल पर्यटन बोर्डको कोरिया प्रतिनिधि र एक पर्यटन ब्याबसायि साथै जन्मभुमी तेह्रथुमको नाताले नेपाल सरकार र सम्बधित निकायलाई तेह्रथुम चुहान्डाडामा बन्नलागेको एअर्पोर्ट स्व.रबिन्द्र(अधिकारी) एयर्पोर्टको नाममा नामाकरण गरियोस र यो घटनामा ज्यान गुमाउनुहुने सातै जनाको सालीक त्यो एयर्पोर्टमा राखेर वहांहरुको स्मरण गरियोस भन्ने मेरो ब्यक्तिगत अनुरोध नेपाल सरकार सम्बन्धित निकाय समक्ष यही समाजिक सन्जाल र मीडिया मार्फत राख्दछु।

यो काम सरकारको सुबिधा अनुसार वहाँहरुको अन्त्येस्टिको तेर्हौ,४५औं अर्थात ढिलोमा पनि बर्षदिनको समरणमा घोषणा गरियोस। यदी यो बिचारमा सहमत हुनुहुने जो कोहिले पनि कमेन्ट अथवा लाइक,शेयर मार्फत समर्थन जनाउनुका साथै सरकारलाई सुझाब दिन नभुल्नु होला।

प्रतिक्रियाहरू