बिधार्थी भिषामा कडाइ गर्दै दक्षिण कोरिया

1064

दक्षिण कोरियामा अध्यन गर्ने बिदेशी बिधार्थीको संख्यामा बृद्दी भए सगै सरकारले भिषा नीतिमा कडाइ गर्ने भएको छ l कोरियामा अध्यनको लागि आएका बिधार्थीहरु अबैध रुपामा बस्न थालेपछि  न्याय मत्रालायाले सो निर्णय गरेको  आइतबार बताएको छ l
सोमबार देखिनै लागु हुने उक्त नीति अनुसार  तोकिएको कोरियन भाषा पास गरेको बिधार्थिले मात्र कोरिया अध्यनको लागि निबेदन दिन  पाउने छ l त्यस्तै  यहाँ रहेका बिधार्थिले समेत भिषा लम्याउन चाहेमा सरकारले तोकेको क्राइटेरिया पुरा गर्नु पर्ने छ l जसलाई “ल्याङ्वज एक्सचेन्ज भिषा सिस्टम ” नाम दिइएको छ l
कोरिया अध्यनमा आउने बिधार्थी मध्ये सन् २०१५मा ४ हजार २ सय ९४ बिधार्थी अबैध बसेका थिए भने सन् २०१८ सम्म आइपुग्दा यसरि अबैध बस्ने बिधार्थीको संख्या १२ हजार ५ सय २६ पुगेको छ l
“:विश्वविधालय लाइ बिदेशी बिधार्थी छान्ने नियममा  हामीले निकै लचकता अपनाएका थियौ तर परिणाम सोचे भन्दा बिपरित आयो ” मन्त्रालयका एक अधिकारीले भने l
यसरी अबैधानिक बस्नेमा भियतनामी बिधार्थीको संख्या सबैभन्दा बढी छ l सरकारले आगामी दीनमा उच्च स्तरीय ५० वटा बिश्वबिधालयलाइ मात्र बिदेशी बिधार्थी अध्यापनको लागि सम्बधन दिने तयारि गरेको बताएको छ l

प्रतिक्रियाहरू