कोरियामा रहेका पाँचथर चिलिन्देनका युवाहरुले गरे सामाजीक विकासमा आर्थिक सहयोग

1687

पाँचथर (साविक चिलिन्देन गा.वि.स.) हाल फाल्गुनन्द गाँउ पालिका ४ का कोरियाली युवाहरुले आफ्नो विकट तथा दुर्गम गाँउपालिकाको लागि बिभिन्न सामाजीक विकासका कार्यक्रममा आर्थिक रुपमा ठूलो सहयोग पुर्याएका छन्।

पाँचथर सेवा समाजको निवर्तमान उपाध्यक्ष सन बहादुर नेम्वाङ्का अनुसार सामाजिक हितका निम्त्ती त्यो आर्थिक रकम संकलन गरी विभिन्न प्याकेजको रुपमा रकम हस्तानतरण गरिएको प्रष्ट पार्नुभयो।

उँहाका अनुसार समाजलाई सरलीकरण होस्, र बिपन्न परिवारले पनि समान प्रतिष्ठामा सामाजिक कार्यक्रम गर्न मिलोस् भनि प्रवासी भुमि दक्षिण कोरियामा काम गर्ने युवाहरुले बिबाह, भोज, ब्रतवन्ध आदि कार्यक्रममा प्रयोग गरिने ठूला पाल, साउण्ड सिष्टम, भाँडा वर्तन तथा अन्य सामाग्रीहरु खरिदको निम्त्ति नेपाली रकम रु. १,१०,०००/- (अक्षयरुपी रु. एक लाख दश हजार) हस्तान्तरण गरेका छन्।

उँहाको अनुसार पहिलो किस्ताको रकम सकिए पछि पुन: अर्को योजनाको निम्त्ति बाँकी रकम पठाउने समेत जागकारी गराउँनु भयो।

प्रतिक्रियाहरू