दक्षिण कोरिया स्थित नेपाली राजदुताबासको आयोजना तथा फेन्थेक माइग्रेन्ट नेपाली समितिको संयोजनमा श्रम परामर्श, स्वच्छिक घरफिर्ती, स्वास्थ्य परामर्श एवम समसामायिक बिषयमा अन्तर्क्रिया कार्यक्रम गरिने भएको छ । आउदो आइतवार मार्च १७ तारिक आयोजना हुने कार्यक्रममा नेपाली दुतावासका श्रम कन्सुलर डिल्लीराम बास्तोलाले श्रमिकका समस्या समाधान एवंम हक अधिकार सम्वन्धी कानुनी परामर्श दिनु हुनेछ ।
त्यस्तै कोरियामा नेपालीहरुमा देखिएको स्वास्थ्य समस्याका बारेमा हाल सउल नेशनल हस्पिटलमा रिसर्च गरिरहनुभएका पाटन अस्पतालका वरिष्ठ हाडजोर्नी डाक्टर गजेन्द्र मनी शाहद्धारा स्वास्थ्य परामर्श सेवा दिइनेछ ।
आइतवार दिउसो १ बजे देखि ३ बजे सम्म हुने कार्यक्रममा कोरियामा रहेका नेपालीहरुलाई उपस्थित भएर आफ्ना श्रम तथा स्वास्थ्य सम्वन्धी जिज्ञासा राख्न फेन्थेक माईग्रेन्ट सेन्टरका अध्यक्ष लक्ष्मण पौडेलले आग्रह गर्नुभएको छ । सेन्टरले कार्यक्रममा चियापानको ब्यवस्था समेत गरेको छ ।
फेन्थेकमा स्टार रेमिटको एप दर्ता तथा E9 लोन सम्वन्धी परामर्श
कोरियामा रहेका नेपालीहरुले नै शुरु गरेको स्टार रेमिटले फेन्थेकमा एप दर्ता तथा E9 लोन परामर्श सेवा दिने भएको छ । फेन्थेक स्थित माउन्टेन रेष्टुरेण्टमा रहने स्टार रेमिटको स्टलबाट नेपालीहरुले एपदर्ता, E9 लोन सेवा, ३० हजार बराबरको निशुल्क सिमकार्ड सेवा पाउनेछन् । रेमिटले अहिले पहिलो रेमिटेन्स बापत ५ हजार वन निशुल्क गरेको छ । पासपोर्टबाट मात्रै पनि सजिलै दर्ता गर्न सकिने यस रेमिट मार्फत नेपालको जुनसकै बैक र नेपालको कुनै पनि स्थानबाट नगद भुक्तानी लिन सकिन्छ । सम्पर्कको लागि ०१० ४४९१ १९०१