हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको परिवारलाई सहयोग गर्न एनआरएन कोरियाको अपिल

1082

आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको परिवारलाई सहयोग गर्न एनआरएन कोरियाले अपिल गरेको छ। एन आर एन कोरियाले आज एक विज्ञप्ती प्रकाशित गर्दै सहयोग गर्न कोरियावासी नेपालीहरूलाई अपिल गरेको छ।

अध्यक्ष लक्ष्मी लामा (गुरूंग)द्वारा हस्ताक्षरित विज्ञप्तीमा मृतक परिवारलाई धर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिनुको साथी घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। यसै बीच प्रवक्ता अशोक मैनालीले सबैलाई मन ठुलो पारेर सहयोग गर्न अपिल गरिएको बताएका छन् ।

प्रवक्ता मैनालीले पछिल्लो समय मनलाग्दी सहयोग संकलन हुने गरेको भन्दै सबैले हातेमालो गर्दै एनआरएन कोरिया संग समन्वय गरेर सहयोग संकलन गर्न सबै कोरियावासी नेपालीहरूलाई अपिल गरिएको बताएका छन्।हावाहुरीबाट बारा, पर्सा लगायतका जिल्लामा कयौँको ज्यान जानुको साथै सयौँ घाईते भएका छन्।

प्रतिक्रियाहरू