कोरियाका कम्पनिहरुले ब्यापक कामादार कटौती गर्दै

4023

कोरियाका उत्पादनमुलक कम्पनीहरुले ब्यापक रुपमा कामदार कटौती गर्ने भएका छन् l  बिसेष गरि कोरियाका ठुला कम्पनि हरु ह्युन्डाई ,कियाले हजारौं रोजगारि  कटौती गर्ने तयारीमा रहेको कोरियन संचार माध्यमहरुमा समाचार प्रकाशित छ l

कम्पनीले नयाँ मोडेलका  हाइड्रोजन कार (इलोक्ट्रोनिक भेइकल Ev) निर्माण गर्ने तयारि गरेपछि स्वत रुपामा रोजगारी कटौती हुने कम्पनि विश्लेषक हरु को भनाइ छ  l

“यसरि बन्ने  हाइड्रोजन कारहरुमा इन्जिन कारको तुलनामा १० हजार पाटपुर्ज हरु कम लाग्ने छ l जसले गर्दा कामदार कटौती स्वाभाविक नै हुनेछ ” सुँङ्क्यूनखाँङ्ग बिश्वबिधालयका मेकानिकल इन्जिनियर  प्रोसेसर ह्वाङ् सुंङ् हो भन्दछन l

भविष्यमा नयाँ मोडेलले लिने मार्केटको आधारमा रोजगार कटौती कम्पनि अनुसार फरक पर्न जानेछ l यद्यपि कम्पनीहरुले  परम्परागत रोजगारी भने कटौती गर्ने छन् l

सन् २०२५ सम्म ४ लाख ५० हजार इलेक्ट्रोनिक कार बनाउने तयारीमा रहेको ह्युन्डाई कम्पनीले ७ हजार रोजगारी कटौती हुन सक्ने बताएको छ l त्यस्तै भोल्कस्व्गेन कम्पनीले पनि सन् २०२३ सम्म ५ देखि ७ हजार रोजगारी कटौती गर्ने तयारीमा रहेको बताएको छ l

यसरि कोरियामा रहेका ठुला कम्पनिहरुले नयाँ प्रविधिका गाडीहरु निर्माण गर्ने तयारि गरेपछि तिनलाई आबस्थक पर्ने पार्ट पुर्जा तयार गर्ने साना  तथा मझौला कम्पनिहरुमा कार्यरत मजदुरको माग कम  हुन सक्ने अनुमान गरिएको छ l

प्रतिक्रियाहरू