थेजनमा नयाँ वर्ष मनाइने, कार्यक्रममा स्टार रेमिटको विशेष सेवा

3794

नव वर्ष २०७६ लाई स्वागत गर्दैै धुमधामका साथ मनाउन थेजन स्थित थेजन नेपाली समाजले नयाँ वर्ष शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आपसी मेलमिलाप, सदभाव र एकता आजको आवश्यकता भन्ने नाराका साथ यहि आउदो आइतवार अप्रिल १४ तारिकका दिन थेजन जुङ्गगु हान्सङ विल्डिङ दोश्रो तल्लामा विविध सांस्कृतिक कार्यक्रम गरि नयाँ वर्ष धुमधामका साथ मनाइने आयोजक कमिटीले जनाएको छ ।

अप्रिल १४ तारिक आइतवार दिउसो २ बजे देखि शुरु हुने उक्त कार्यक्रममा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भइदिन आयोजक कमिटीले विनम्र अनुरोध गरेको छ ।

कार्यक्रममा नेपालीहरुको रेमिट स्टार रेमिटको एप दर्ता गर्ने सुविधा राखिएको छ। स्टार रेमिट एप दर्ता गर्दा पहिलो पटक ५ हजार वन निशुल्क कुपन प्राप्त गर्न सकिन्छ । अटो डेविट र म्यानुअल दुवै सिस्टम भएको स्टार रेमिट अहिले नेपालीहरुले मनपराएको रेमिटेन्स हो । सरल, छिटो र सुरक्षित सेवा दिदै आएको स्टार रेमिटको मुख्य कार्यालय दोगंदेमुन ३ नम्वर गेटसँगै रहेको छ । स्टार रेमिट मार्फत पैसा पठाउदा नेपालको जुनसुकै बैक र जुनसुकै ठाँउबाट नगद लिन सकिन्छ । जानकारीका लागि ०१० ६४४७ ३६१० मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रियाहरू