निर्माणाधिन रास्कोट अस्पतालको लागि स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियान दक्षिण कोरियावाट करिव ने.रु. ४० लाख भन्दा बढी रकम संकलन, छिट्टै हस्तान्तरण गर्ने तयारी

1043

कर्णाली प्रदेशको कालिकोटमा निर्माणाधिन रास्कोट अस्पतालको लागि स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियान” दक्षिण कोरियाले करीव ने.रु. ४० लाख सहयोग रकम संकलन गरेको छ।

न्युज २४ टेलिभिजनमा प्रसारण हुने सिधाकुरा जनतासँगका प्रस्तोता रबि लामिछानेको संयोजकमा निर्माण भइरहेको अस्पतालको लागि कोरियावाट संकलित  रकम नेपाल पठाउने तयारी गरिरहेको अभियानकर्ताहरुले जानकारी दिएका छन्।

गत आइतबार राजधानी सउलमा गरिएको एक कार्यक्रममा सहयोगी सम्पूर्णलाई धन्यवाद दिदै अभियानमा संकलित रकमबारे अभियानकर्ताले पत्रकार सम्मेलन मार्फत आर्थिक हिसावको पारदर्शितावारे प्रष्ट पारेका थिए। अभियान तीन महिना सञ्चालन गरिएको थियो। गत आइतवार (अप्रिल ७) बाट अभियान बन्द भएको घोषणा गर्दै अभियानका संयोजक यम श्रेष्ठले अभियानमा सहयोग गर्ने विभिन्न ब्यक्ति, व्यवसायी तथा अभियानमा साथ दिने अभियानकर्ता साथीहरु सबैलाई धन्यवाद दिएका छन्।

रास्कोट अस्पतालले हिजो कै दिनबाट सानै स्वरुपमा भए पनि नयाँ हस्पिटल भवन निर्माण सम्पन्न नभए सम्मका लागि आयुर्वेदिक भवन लिजमा लिएर राष्कोट सामुदायिक हस्पिटलको शुभारम्भ गरेको छ।

 

 

प्रतिक्रियाहरू