नबिन प्रविधिको बिकास र बिस्तारमा समकालीन विश्वमा निकै अगाडी रहेको दक्षिण कोरियाले विश्वमै पहिलो पटक फाईब जी द्रुत संचार सेवा विकसित गरेको छ । पाँचौं पुस्ताको मोबाइल नेटवर्क, तीव्र गतिको यस प्रविधिले दक्षिण कोरियाको बिकासमा अभूतपूर्व फड्को मार्ने बिश्वास लिइएको छ ।
फोर जी- भन्दा २० औं गुणा तिब्र गतिको यस प्रविधिलाई उपयोग गर्दै सन् २०२६ सम्म ६ लाख नयाँ रोजगारी सिर्जना गर्ने दक्षिण कोरिया सरकारको तयारि छ l
बिज्ञान तथा प्रबिधि मन्त्रालयका अनुसार सरकारले निर्यातमा आधारित १० वटा फाइब जी प्रविधिका कम्पनी तथा ५ वटा सेवाका क्षेत्रका लागि ७३ बिलियन अमेरिकी डलर लगानी गर्ने तयारि गरेको छ l
यसरि लगानी गर्ने तयारीमा रहेका कम्पनि हरुमा बिसेष गरि अर्को पुस्ताका स्मार्ट फोन , नेटवर्क उपकरण, सूचना ,सुरक्षा, बास्तबिकता सम्बन्धि उपकरणहरू, ड्रोनहरू, रोबोटहरू, क्लोज सर्किट टेलिभिजन र अन्य बौद्विक यन्त्रहरू समावेश छन् ।
त्यस्तै सरकारले सन् २०२५ सम्म स्मार्ट कारखानाहरू, स्वचालित ड्राइभिङ्ग, स्मार्ट शहरहरू र डिजिटल स्वास्थ्य हेरचाहलाई पाँच प्रमुख सेवाको रुपमा बिस्तार गर्ने बताएको छ l
डिजिटल स्वास्थ्य सेवामा, २०२१ सम्म फाइब जी-आधारित आपतकालीन उपचार प्रणाली विकास गर्नेछ भने सन २०२५ सम्म देशका २० प्रतिशत आपातकालीन केन्द्रहरूमा सो सेवा उपलब्ध हुने छन् l
सरकारले ५ हजार नेटवर्कमा आधारित यी औद्योगिक सेवाहरू र तथा प्रबिधि क्षेत्रहरूको लागि ६ लाख नया रोजगारी सिर्जना हुने बताएको छ l
१ मिलि सेकेन्डमा सयौं डाटा ट्रान्सफर गर्न सकिने फाइब जी प्रविधिलाई चौथो औद्योगिक क्रान्तिको निमित्त आधार टेक्नोलोजीको रुपमा लिइएको छ l सन् २०२६ सम्म विश्व बजारमा फाइब जी सम्बन्धि कारोवार १ हजार १ सय ६१ ट्रीलियन कोरियन वोनले बृद्दी हुने अपेक्षा गरिएको छ l