बुद्ध प्रतिमा स्थापना अभियान कोरियाले सहयोगदाताहरुलाई सम्मान सहित अभियानलाई समापन गर्दै, सोही दिन बुद्ध जयन्ती पनि मनाइने

1503

बुद्ध प्रतिमा स्थापना अभियान कोरियाले  बुद्द प्रतिमा स्थापना गर्न सहयोग गर्ने ब्यक्ति  बिशेष र संघ संस्थालाइ सम्मान सहित अभियानलाइ समापन गर्ने भएको छ।गत बर्ष नेपाली सम्पर्क समिति दक्षिण कोरियाको संयोजन,नेपाल बौद्ध परिवार द कोरियाको सहकार्यता तथा नेपाली राजदूताबास सउल कोरियाको संरक्षकत्वमा बुद्ध प्रतिमा स्थापना अभियान संचालन गरि अभियानको मुख्य उद्देश्य अनुसार गत २०१८ मे २० तारिख योङ्गगिन शहरमा रहेको वाउछङ्गसा गुम्बामा नेपाल देखि बुद्धको प्रतिमा खरिद गरि ल्याएर स्थापना गरेको हो।

उक्त अभियान सम्पन्न गर्नको लागी एन सि सि को संयोजकत्वमा २०१८ जनवरि १४ मा बुद्ध प्रतिमा स्थापना अभियान सचिबालय स्थापना गरिएको थियो। सचिवालयले नै आर्थिक अभियान संचालन गरेर नेपाल देखि बुद्दको प्रतिमा खरिद गरि वाउजङसा गुम्बामा स्थापना गर्ने महत्वपुर्ण कार्य सम्पन्न गरेको हो। अभियानको बाकी काम मध्ये सहयोगदाताको नामावली मेटलमा लेखेर राख्ने, नेपाली शैलीको घन्टी  र धुपदानीको पनि ब्यवस्था  र नेपालको पहिचान  झल्किने केहि हिमालको चित्र,लुम्बिनीको तस्बिर पनि राख्ने तयारी अन्तिम चरणमा पुगेको सचिबालयले जनाएको छ।

बुद्द प्रतिमा खरिद गर्नको लागी कोरियामा रहेका नेपाली संघ संस्था र ब्यक्ति बिशेषले आर्थिक सहयोग गरि ५ करोड  वन बढि रकम संकलन गरिएको थियो भने वाउछङसा गुम्बाले पनि करिब ५ करोड वन खर्च गरि बुद्द मुर्ति राख्ने नेपाली शैलीको सानो स्तुपा निर्माण गरेको हो। पुर्ब घोषित कार्यक्रम अनुसार पचास हजार वन देखि बढि सहयोग गर्ने महानुभावहरू तथा संस्थाहरूलाइ सम्मान गर्ने कार्यक्रम रहेको छ। साथै सोही दिन बुद्द जयन्तीको दिन वाउछङसा गुम्बामा पुजा आजा पनि गरिनेछ। वाउछङसा गुम्बाले मनाउने बुद्द जयन्तीमा नेपालीको प्रतिनिधित्व जनाउदै र्यालीमा पनि सहभागी हुने कार्यक्रम रहेको छ। उक्त दिनमा अहिले भएको सचिबालय बिधिबत रूपमा बिघटन गरिने र नयाँ ब्यवस्थापन समिति गठन गरिने कुरा संयोजक अन्जु केसिले बताइन्।

तसर्थ कोरियामा रहेका सम्पुर्ण संघ संस्था ब्यक्ति बिशेषहरूलाइ उक्त बिशेष दिनमा उपस्थित भै दिनु हुन सचिबालयले बिशेष अनुरोध गरेको छ। साथै जातिय संस्थाहरूलाइ आफ्नो जातिय पोशाकमा उपस्थित भैदिनु हुन सचिबालयले अनुरोध गरेको छ।

स्थान, योङगीन सिटी, वाउछङसा गुम्बा परिसर

मिति ,२०१९ मे १२ तारिख, आइतबार

समय  बिहान ९ बजे देखि पुजा, १०:३० बजे र्याली,

अौपचारिक कार्यक्रम १२ बजे देखि २ बजे समापन

प्रतिक्रियाहरू