उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन बुधबार रसिया पुगेका छन् l राष्ट्रपति भलादिमिर पुटिन सँग भेटबार्ताको निमित्त उनि रेल यात्रा मार्फत मस्को पुगेको उत्तर कोरियालि संचार माध्यमहरुले जनाएका छन् l
सत्तारुढ वर्कर्स पार्टीका शिर्ष नेताहरु र सैनिक अधकारी सहित मस्को पुगेका नेता उनले विहिबार राष्ट्रपति पुटिन सँग भेटबार्ता गर्ने छन् ।
कोरयाली प्रायद्धिपमा परमाणु समस्याको समाधान गर्ने हेतुले अमेरिकी राष्ट्रपति ट्रम्प सँग शिखर वार्ता गरेसँगै उनको मस्को भ्रमण उत्सुकताका साथ हेरिएको छ । रुसी अधिकारीहरुले सन २००९ देखी उत्तर कोरियालाई परमाणु कार्यक्रम छोड्नका निम्ती अनुरोध गर्दै आईरहेका छन् ।
गत फेब्रुरीमा भियतनामको राजधानी हनोईमा सम्पन्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम बिचको वार्ता असफल भएको थियो । उत्तर कोरियाको आफु माथि लगाइएका केहि नाकावन्दि हटाउन गरिएको माग अमेरिकाले अस्विकार गरेपछि सो वार्ता अगाडी बढ्न सकेको थिएन ।
त्यसअघि सन् २०१८ को जुनमा सिंगापुरमा समपन्न किम र ट्रम्प बिचको पहिलो ऐतिहासिक वार्तामा कोरियाली प्रायद्विपलाई निशात्रिकरण गर्ने सम्बन्धमा सहमति भएको थियो ।
यसपटकको किम र पुटिनबिच भेट वार्तामा कोरियाली प्रायद्वीपमा निशस्त्रीकरण तथा अमेरिका संगको पछिल्लो बार्ता असफल पछी चिसिएको सम्बन्ध सुधार तथा अन्य गम्भीर एजेन्डाहरुमाथि छलफल हुने अनुमान गरिएको छ ।
पुटिन संग भेटबार्ताको निमित्त रेल चढेर रसिया पुगे नेता किम जोंङ उन
प्रतिक्रियाहरू