नेपाल पर्यटन बोर्डको आयोजना तथा दुताबासको सहकार्यमा गरिएको “भिजिट नेपाल २०२० प्रबर्धन कार्यक्रम” फाइभ स्टार होटलमा सुटुक्क गरेको भन्दै कोरियावासी नेपालीहरु असन्तुष्टि, दुताबास भन्छ – भ्रममा नपर्नुहोस्।

971

नेपाल पर्यटन बोर्डको आयोजना तथा कोरिया स्थित नेपाली दुतावासको सहकार्यमा “भिजिट नेपाल २०२०” को कार्यक्रम स्टार होटलमा नेपाली संघसंस्थाका प्रतिनिधिलाई  निमन्त्रणा नगरी सुटुक्क सम्पन्न  गरेको प्रति कोरियामा रहेका नेपालीहरुले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त्त गरेका छन्।
नेपाल पर्यटन बोर्डको प्रमुख आयोजना तथा नेपाली दुतावास दक्षिण कोरियाको सहकार्यमा कार्यक्रम सम्पन्न गरेको नेपाल पर्यटन बोर्ड कोरिया प्रतिनिधी के.पी सिटौलाले जनाउनुभयो।
कार्यक्रम बारे कोरियामा रहेका समाजसेवी,बुद्दीजिबी,राजनितीकर्मी तथा व्यावसायीहरुले यस कार्यक्रम वारे वेखबर रहेको भन्दै सामाजिक संजालमा आ-आफ्ना धारणा ब्यक्त गरेका छन।
यसबारेमा नेपाली दुताबास कार्य-बहाक राजदुत किरण शाक्यसंग बुझ्दा यो कार्यक्रम दुताबासको आयोजना नभई कार्यक्रमको ब्यबस्थापन तथा सहजिकरण  मात्र गरेको बताउनुभयो ।”कार्यक्रम नेपाल पर्यटन बोर्डले आयोजना गरेको हो।यसको सम्पुर्ण आर्थिक ब्यबस्थापन बोर्डले नै बेहोरेको हुँदा यसलाई जोडेर दुताबासले बजेट हिनामिना गर्यो भन्नु आधारहीन हो ।” उहाँले भन्नुभयो ।

त्यस्तै, नेपाल पर्यटन बोर्ड कोरिया प्रतिनिधि के.पी सिटौला भन्नुहुन्छ “कार्यक्रम बिशुद्द कोरियाली ट्राभल एजेन्ट तथा कोरियाली राष्ट्रिय मिडियालाई टार्गेट गरेर आयोजना गरिएको हो।यस बिषयमा कोरियामा कृयाशिल सँघसंस्थाका जिम्मेवार व्यक्तिहरुले निम्ता गरिएन भनेर चि्त्त दुखाउनुमा कुनै तुक छैन । कार्यक्रमको कोटा ७० जनाको थियो त्यसमध्ये ८ जना नेपाली र ६२ जना कोरियाली ट्राभल एजेन्सी प्रतिनिधी तथा कोरियाली मिडियाका पत्रकार रहेका थिए।”

कार्यक्रमको प्रमुख उद्देश्य नेपालमा भएका पर्यटकिय क्षेत्रलाई कोरियाली ट्राभल एजेन्सी तथा मिडियालाई जानकारी गराई नेपाल भिजिट गर्नको लागी त्यहाँका ठाउँहरुको प्रोमोसन गर्ने भएकोले कार्यक्रममा नेपाली संघसंस्था प्रतिनिधी बोलाईएन भनेर सामाजिक संजाल रंग्याईनुको अर्थ नभएको उँहाले उल्लेख गर्नुभयो।

कार्यक्रम गत मंगलवार अर्थात् अप्रिल २३ मा लोट्टे होटलमा सम्पन्न भएको थियो।

प्रतिक्रियाहरू