नेपाली विधार्थी समाज कोरिया (SONSIK) को छैटौँ खेलकुद महोत्सव तथा नव आगन्तुक विधार्थीलाई स्वागत कार्यक्रम भव्यताका साथ सम्पन्न यहि अप्रिल २७ र २८ तारिख Yeungnam University मा सम्पन्न भएको छ । कार्यक्रमको पहिलो दिन नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा कोरियामा अध्ययनरत अग्रज हरुको अनुभव साटासाट तथा विविध सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । SONSIK सभापति तुलसी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा (SONSIK) सल्लाह्कार डा. मधुसुधन आतेराय (SONSIK) पुर्व सभापतिद्वय डा. तारामान कडायत तथा आराजना श्रेष्ठ लगायतले आफ्नो अनुभव बताउनुभएको थियो।
दोस्रो दिन व्रिहत खेलखुद आयोजना गरिएको थियो । उक्त मेलामा फुटवल, भलिबल, बास्केटबल तथा जोक्कु खेल खेलाइएको थियो । खेलकुद नतिजा अन्तर्गत फुटवल तर्फ Ajou University टिम विजेता तथा Chonbuk National University टिम उपविजेता रह्यो भने भलिबलमा Chonbuk National University टिमले बाजी मार्दा Ajou University ले दोस्रो स्थानमा चित्त बुझायो । त्यसैगरी बास्केटबल र जोक्कु दुबै खेलमा Kwangwoon University टिम विजेता हुँदा SONSIK टिम र Yeungnam University टिम क्रमश उपविजेता भए । SONSIK सल्लाह्कार डा. राजेश चन्द्र जोशी HANNESA General Secretary Jung Hong Kwang तथा SONSIK सभापति तुलसी पौडेलले विजेता तथा उपविजेतालाई ट्रफी, पदक, प्रमाण पत्र तथा नगद पुरस्कारले सम्मान गर्नुभएको थियो ।
कार्यक्रम अत्यन्त सौहर्दपूर्ण बातावरणमा सफलता पुर्वक सम्पन्न भएको कार्यक्रम संयोजक तथा SONSIK क्षेत्र नं ४ उपसभापति राजेन्द्र आचार्यले बताउनुभयो । त्यसैगरी SONSIK १५औ कार्यसमितीको तर्फबाट कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण सहयोगी तथा अहोरात्र खट्ने स्थानिय संयोजन समिती प्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।