विश्वका मुख्य मुद्राहरुको तुलनामा कोरियन वोन २ बर्ष यताकै सबैभन्दा कमजोर स्थितिमा पुगेको छ l अमेरिकी डलर संगको सटही दरमा वोन कमजोर देखिएको हो l
ब्लूमबर्गले १६ वटा बिकसित राष्ट्रका मुद्रा स्थितिको तुलनात्मक अध्यन पछी बुधबार प्रकाशित गरेको एक तथ्यांकअनुसार गत मंगलवार सम्म कोरियन वोनमा २.८२ प्रतिशतले गिरावट आएको हो l
यसरी प्रकाशित तथ्यांकमा मेक्सिकन पेसो र दक्षिण अफ्रिकी रान्ड बाहेक अन्य मुद्रा डलरको तुलनामा निरन्तर गिरावट आएको देखाएको छ l
स्विस फ्रान्कले २.२९ प्रतिशत गिरावटको सामना गर्दै कोरियन वोन लाइ पिछा गरिरहेको भने स्विडिस क्रोना र न्युजिल्यान्ड डलर क्रमस तेस्रो र चौथो स्थानमा छन् l त्यस्तै क्यानाडियन डलर र अस्ट्रेलियन डलरले क्रमसः ०.८३ र ०.७ प्रतिशत गिरावटको सामना गरिरहेका छन् l त्यसैगरी जापानिज यन , ब्रिटिश पाउण्ड तथा यूरोले समेत गिरावटको सामना गरिरहेका छन l
पछिल्लो समय अमरिकाले गरेको निरन्तर आर्थिक बृद्दी संग अन्य देशले अपेक्षाकृत रुपमा प्रतिशापर्दा गर्न नसक्नु नै मुद्रा गिरावटको मुख्य कारण रहेको तथ्यांकमा उल्लेख छ l
दक्षिण कोरियाको गएको ३ महिनामा कुल ग्राहस्थ उत्पादन ०.३ प्रतिशतले गिरावट आएको छ l बैंक अफ कोरिया अनुसार कुल ग्राहस्थ उत्पादन एक दशक यताकै सबैभन्दा कमजोर हो l
यद्यपी अर्थ मन्त्रीले देशको आर्थिक बृद्दी दरलाइ २.६ देखि २.७ प्रतिशतले बढावा दिने बताउदै आएका छन lगत शुक्रवार सम्म कोरियन वोन डलर संगको सटहीमा १ हजार १ सय ६८ दशमलब २ पुगेको छ l उक्त दर जनवरी २०१७ पछिको सबैभन्दा कमजोर हो l
कोरियन अनलाइन