कोरियाली अग्नी पीडितलाई नेपाली समुदायको सहयोग

1758

दक्षिण कोरियामा बसोबास गर्ने नेपाली समुदायले कोरियाका अग्नी पीडितलाई आर्थिक सहयोग गरेका छन् । गत अप्रिल ४ मा खाङ्न्दो शहरमा लागेको आगलागीबाट पीडितलाई नेपाली समुदायले आर्थिक सहयोग गरेका हुन् ।

गैरआवसीय नेपाली संघ कोरियाका पूर्वअध्यक्ष राजु क्षेत्रीको पहलमा संकलित ३२ लाख ७७ हजार कोरियन वोन कानुन मन्त्रालयका निर्देशक विएई जंगसंगमार्फत हस्तान्तरण गरिएको हो । नेपाली समुदायले हस्तान्तरण गरेको रकम बुझ्दै कानुन मन्त्रालयका निर्देशक जंगसंगले सहयोगप्रति आभार प्रकट गरेका छन् । रकम बुधवार कानुन मन्त्रालयमै एक कार्यक्रमबीच रकम हस्तान्तरण गरिएको क्षेत्रीले बताउनु भएको छ । उहाँले पहिलो पटक नेपाली समुदायले कोरियाका अग्नीपिडितलाई सहयोग गर्न पाउदाँ खुसी लागेको बताउनु भयो । गत अप्रिलमा खाङन्दो शहरमा आगलागी हुदाँ केहिको ज्यान गएको थियो भने ४ हजार विस्थापित भएका थिए । भयनाक आगलागीबाट १ सय २५ घर र अर्पाटमेन्ट जलेर नष्ट भएपछि कोरियाली सरकारले संकटकाल नै घोषणा समेत गरेको थियो ।

स्मरण रहोस्,  २०७२ सालमा नेपालमा आएको विनाशकारी भूकम्पमा नेपाललाई सहयोग गर्ने मुलुकको दोस्रो स्थानमा कोरियाली सरकार थियो । त्यस बेला नेपालमा राहत लिएर नेपाल जाने नेता मुञ्जे इन अहिले कोरियाली राष्ट्रपति रहेका छन् ।

 

प्रतिक्रियाहरू