नेपाल कोरिया सहयोग अभियान द्वारा आगामी छुसकको दोस्रो दीन बृहत संस्कृतिक कार्यक्रम गर्ने

1163

कोरियाभित्र भैपरी आउदा पर्ने आर्थिक समस्यालाई मध्यनजर गर्दै आपतकालीन राहतकोष निर्माणार्थ नेपाल कोरिया सक्रिय युवा अभियान  द्वारा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ l कोरियामा सामाजिक काम गर्दै आइरहेका केहि सक्रिय युवाहरुको समुहले कोरियामा राहतकोष निर्माणको पहिलो अभियान स्वरूप उक्त कार्यक्रम गर्न लागेको हो l

गत आइतबार उक्त अभियानका अभियान्ताहरु  बीच बृहत छलफल पछी नेपाल बाट बिसेष ख्याती प्राप्त कलाकारहरु बोलाइ छुसकको दोस्रो दीन बृहत रुपमा संस्कृतिक कार्यक्रम गर्ने र त्यसबाट संकलित रकमले कोरियामा  अफ्थ्येरो परेका नेपाली हरुलाई सहयोग स्वरूप एउटा राहतकोषको शुरुवात गर्ने निर्णय गरेको छ l

“कोरियामा कुनै क्षेत्रिय ,जातीय रुपमा नहेरी बिशुद्व नेपाली हरुको साझा अभियानको रुपमा यसलाई लैजाने तयारि गर्दै छौं ” एक अभियान्ताले बताए l

नेपाल बाट ल्याइने कलाकार हरुको टुंगो लागेपछि पत्रकार सम्मेलन मार्फत कार्यक्रमको बिस्तृत जानकारी गराइने पनि बताइएको छ l साथै यो कार्यक्रम  कोरियामा रहेका सम्पूर्ण नेपालि हरुको साझा अभियान हुने भएकोले उक्त दीन कसैले पनि कार्यक्रम नाजुधाइ सहयोग गरिदिनुहुन पनि बिसेष अनुरोध गरिएको छ l

प्रतिक्रियाहरू