कोरियामा एक नेपाली श्रमिक मृत अवश्थामा फेला

10502

कोरियामा अर्घाखाँची घर भएका एक नेपाली श्रमिक हिजो राति खाना खादै गरेको अबस्थामा  मृत अवश्थामा फेला परेका छन्। बिगत ७ वर्ष देखि कोरियामा श्रम गरिरहेका अन्दाजी २७ वर्षीय स्व. मधुसुदन श्रेष्ठ हाल छुङछङबुक्दो छङजुसीको हुदङककु स्थित पुरानो कपडाको सुरेगी बनाउने काम गर्ने कम्पनीमा कार्यरत थिए।

उनको कम्पनीमा अहिले ३ जना नेपालीहरु रहेका छन्। बिहान ड्युटी जाने क्रममा श्रेष्ठ नउठे पछि साथीहरु पुग्दा उनलाई आफ्नै किचन कोठा मै मृत अवश्थामा भेटेका थिए। उनको मृत शरिर खाना सँगैको प्लेट नजिक रहेको साथीहरुले बताएका छन्। कम्पनीमा उनीहरु किचन सहितको छुट्टा- छुट्टै कोठामा बस्ने जानकारी आएको अर्घाखाँची सम्पर्क मञ्चका अध्यक्ष शुन्दर पन्थीले बताए सँगै थप जानकारी र आवश्यक सहयोगको लागि आफुँ लागि पर्ने बताउँनु भयो।

घटना कसरी भयो ? भन्ने सम्वन्धमा अनुसन्धान भइरहेको कोरिया स्थित नेपाली राजदुतावासका श्रम सहचारी दिल्लीराम वास्तोलाले बताउँनुभयो।

प्रतिक्रियाहरू