कोरियाको गजेदोमा साकेला उभौली पर्व मनाइयो (भिडियो सहित)

1170

कोरियाको गजेदोमा किरातीहरुको महान् चाँड साकेला उभौली (यले संवत् ५०७९०) सम्पन्न भएको छ। ” बिदेशी भुमिमा पनि किरातीहरुको आफ्नै पहिचान, भाषा र सस्कृति जगेर्ना हाम्रो अभियान ” भन्ने नारा दिएइको उक्त कार्यक्रम जय राईको सभापतित्वमा सुरू भएको थियो । प्रमुख अतिथिको रूपमा आदिवासी र जनजाति महासंघ बुसान अध्यक्ष मिलन सोझे राई, विशेष अतिथिको रूपमा किरात राई यायोक्खा बुसान अध्यक्ष दोस्तिहाङ राई, नेपाल सम्पर्क समितिका बुसान अध्यक्ष सङ्गित अधिकारी र एनआरएनए बुसान अध्यक्ष उमेश मेवाहाङ राईको उपस्थिति रहेको थियो।

अतिथिकोरूपमा विभिन्न सङ्घ सस्थाहरु बाट विविन्न ब्यक्तिको उपस्थिति रहेको उक्त कार्यक्रममा किरातीहरुको मौलिक नाच साकेला सिली प्रदर्शन गरिनुका साथै नेपाल बाट निमन्त्रणा गरिएकि गायिका मेनुका राई र स्थानीय कलाकारहरुले साङ्गतिक प्रस्तुति दिएका थिए। किम्हे र गजेदो क्षेत्रमा रहेका किराती र गैर किराती नेपालीहरुको उल्लेख सहभागिता रहेको उक्त कार्यक्रमा गायिका मेनुका राईलाई सम्मान समेत गरिएको थियो।

https://youtu.be/qz5H-w_iQJk

प्रतिक्रियाहरू