नेपाली सम्पर्क समिति(एन सि सि) ले यहि जुन १६ मा छुसक कार्यक्रम बाँडफाँड गर्ने

1230

दक्षिण कोरियामा सब भन्दा पुरानो एवं लामो ईतिहास बोकेको संस्था तथा सम्पूर्ण नेपालीहरुको साझा संस्था नेपाली सम्पर्क समिती (एन सी सी) दक्षिण कोरियाले आउँदो छुसकमा कार्यक्रम गर्नका लागि यहि जुन १६ तारिख आइतबार बाँडफाँड कार्यक्रम गर्ने भएको छ। हरेक बर्ष छुसक र सलनालमा एन सि सि को पहलमा कार्यक्रम बाँडफाँड गरि सबै संघ संस्थाहरुको सहमति र समझदारीको आधारमा कोरियामा नेपाल बाट ख्याती प्राप्त कलाकारहरु झिकाएर बृहत साँस्कृतिक कार्यक्रमहरु गर्दै आइरहेका छन।त्यसै गरि यस बर्षको कोरियन महान चाड छुसकको लामो बिदाको अवसर पारि कार्यक्रम गर्न चाहाने संघ संस्थाहरुलाई लक्षित गर्दै उक्त बाँडफाँड कार्यक्रम गर्न लागिएको कुरा एन सि सि का अध्यक्ष अन्जु के सि ले बताइन्। तसर्थ कार्यक्रम गर्न चाहने ईच्छुक संघ संस्थाहरुलाई कार्यक्रम गर्ने मुख्य उद्देश्य र संस्था स्थापना काल देखि हाल सम्मका गतिबिधिहरु सहित उक्त “छुसक कार्यक्रम बाँडफाँड कार्यक्रम” मा निवेदन लिएर आउन एन सी सीले आग्रह गरेको छ|

साथै यही जुन १६ तारिख आईतबारको दिन सउलको नेपाल हाउसमा हुने बाँडफाँड कार्यक्रममा संस्थाको गतिबिधि,उद्देश्य एवं कार्यक्रम बाँडफाँडको आचार संहिता  र बिगतमा गरेका सहमति पत्रको अाधारमा गहन रुपमा छलफल गरी सबैको सहमतिमा छुसकमा कार्यक्रम गर्न ईच्छुक संघ संस्थाहरुलाई  कार्यक्रम गर्ने अनुमति दिईने अध्यक्ष के सी ले बताएकी छिन। बिगतमा एनसीसीले गरेको कार्यक्रम बाँडफाँड भन्दा अझ प्रभावकारी र निष्पक्ष ढंगले यसपाली गरिने छ भन्ने भनाई राख्दै एन सि सि को मातहतमा रहेर यस भन्दा पहिला कार्यक्रम गरेका संस्थाहरुले कार्यक्रमको उद्देश्य अनुरुप परि पुर्ति भए/नभएको सम्पूर्ण गतिबिधि सहित अार्थिक विवरण सार्वजनिक नगरिएका संस्थाहरुले उक्त दिन सोही कार्यक्रममै पेस गरि सार्वजनिक गर्नका लागि अध्यक्ष अन्जु के सीले अनुरोध गरेको छ।यस बारे सबैलाई औपचारिक पत्र पनि पठाइने समितिले जनाएको छ।

कार्यक्रम बारे थप जानकारी
स्थान: नेपाल हाउस,दोंदेमुन-सउल
समय :दिनको १२ बजे
मिती :२०१९ जुन १६ आइतबार

प्रतिक्रियाहरू