कांग्रेस नेता केसीले कोरिया आएर भने – कम्युनिजम र डेमोक्रेसी सगैँ जान सक्दैन

1086

नेपाली कांग्रेसका चर्चित यूवा नेता राजेन्द्र केसीले कम्यूनिजम र प्रजातन्त्र संग सगैँ जान नसक्ने बताउनु भएको छ। नेपाली कांग्रेसको प्रवासको संगठन जनसम्पर्क समिती कोरियाले आईतवार राजधानी सौलमा आयोजित जनजागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्।

सांसद समेत रहेका पूर्व मन्त्री केसीले ओली नेतृत्वको बर्तमान सरकार भष्ट्राचारमा मात्र लिप्त देखिएको भन्दै आर्थिक सम्बृद्दीको नारा कोरा सपनामा सिमित भएको बताए। सयौंको संख्यामा उपस्थित कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले भने ‘बालुवाटार काण्ड,वाईडबढी काण्ड ,निर्मला हत्या काण्ड लगाएत दर्जनौ काण्डले सरकार असली नियत उदांगो देखिएको छ।’ उनले थपे ‘तपाईँहरू यस्ता गलत प्रवृतिको भण्डाफोर गर्नुहोस्।’

प्रवासमा मिलेर बस्नुहोस् त्यस्तै जनसम्पर्क समितीहरूमा देखिएको बिवादलाई संकेत गर्दै उनले सबैलाई मिलेर बस्न आग्रह गरे ।उनले भने ‘तपाईहरू बिदेशमा बसेर गुटउपगुटमा अल्झेर बस्नुभन्दा नेपालको कला संस्कृतिको प्रचारमा लाग्नुहोस्।’

प्रतिक्रियाहरू