कोरियाको केलभिन युनिभर्सिटीमा अध्ययनरत एक नेपाली विद्यार्थीको मृत्यु

4983

दक्षिण कोरियाको केलभिन युनिभर्सिटीमा अध्ययनरत एक नेपाली विद्यार्थीको शुक्रबार बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखाका २७ वर्षीय सुमित पोखरेल रहेको गोरखा परिवार दक्षिण कोरियाका पूर्वअध्यक्ष यदु लामिछानेले जानकारी दिएका छन् ।

बिहीबार साँझ खाना खाइसकेपछि असहज महसुस भएपछि पोखरेललाई सोल युनिभर्सिटी अफ मेडिकल साइन्सेसमा भर्ना गरिए पनि उनलाई बचाउन नसकिएको अस्पताललाई उद्धृत गर्दै लामिछानेले बताए।

पोखरेलको शव अहिले अस्पतालमै रहेको र उनी अध्ययनरत युनिभर्सिटीका प्रोफेसर पनि सम्पर्कमा आइ अस्पताल आइसक्नु भएकोले शव नेपाल पठाउन तयारीमा रहेको नेपाली दूतावास सोलका उपनियोग प्रमुख किरण शाक्यले बताएका छन्। कोरियामा नेपाली विद्यार्थीको मृत्यु सम्भवत यो पहिलो हुन आएको लामो समय कोरियामा रहनु भएकी NRNA अध्यक्ष लक्ष्मी गुरुङ बताउँछिन्।

पोखरेल बिगत १ वर्ष ५ महिना पहिले Masters in Industrial Management अध्ययनको लागि कोरिया प्रवेश गरेको सोनसिक सभापति तुल्सी पौडेलले जानकारी दिएका छन्। मृतक अध्ययनरत बिश्व बिध्यालय कोरियाको दक्षिणी भाग योङगन शहरमा अवश्थित रहेको छ।

बिस्तृत जानकारीको लागि हेर्दे गर्नुहोला हेल्लो नेपाल कोरिया डट कम

प्रतिक्रियाहरू