कोरियामा स्वास्थ्य बिमा सम्बन्धि नयाँ नियम लागु भएको छ l उक्त नियामानुसार ६ महिना भन्दा बढी समय कोरिया बस्ने प्रवासीले अनिबार्य रुपमा स्वास्थ्य बिमा गर्नु पर्ने छ l
कोरियामा लामो समय बसी स्वास्थ्य लाभ लिई बिमा शुल्क नतिरी फर्किने प्रवासीलाई मध्येनजर गर्दै राष्ट्रिय बिमा योजनाले उक्त नियम लागु गरेको कोरिया टाइम्समा खबर छ l
आगामी जुलाई १६ तारिख देखि लागु हुने उक्त नयाँ नीति अनुसार कामदार बाहेकका अन्य भिसाका विदेशीले पनि मासिक १ लाख १० हजार वोन बिमा शुल्क तिर्नु पर्ने छ l कामदारको हकमा भने यसभन्दा पहिलानै स्वास्थ्य बिमा अनिबार्य थियो l
उक्त नीतिले कोरियामा अध्यनरत बिधार्थी , बिबाह गरि कोरिया भित्रिने तथा अन्य शिलशिलामा ६ महिना भन्दा बढी बसोबास गर्ने ४ लाख भन्दा बढी बिदेशीहरु प्रभावित हुने छन l यसभन्दा पहिला कामदार बाहेक अन्य भिसा बाहकलाइ भने उक्त बिमा अनिबार्य थिएन l
यसैबीच कोरियाको न्याय मन्त्रालयले गत महिना एक सूचना प्रकाशित गर्दै आगामी जुलाई १६ सम्म राष्ट्रिय बिमा योजनामा आबद्व नहुने बिदेशीको भिसा थप्ने लगायतका अन्य अध्यागमन सम्बन्धि प्रक्रियाहरु आगाडी नबढ्ने बताएको थियो l
दक्षिण कोरियामा सन् २०१८ सम्म राष्ट्रिय बिमा योजनामा अबद्व बिदेशीको संख्या १० लाख पुगेको छ भने यहाँ बसोबास गर्ने बिदेशीको संख्या २३ लाख नाघेको छ l