दक्षिण कोरीयाली सरकारले रेमिट कम्पनीहरुलाई कारोवार अनुमती दिएपछि रेमिट कम्पनीहरुबाट रकम पठाउनेको संग्ख्या अत्याधिक बढेको कोरियाली संचार माध्याम मेईल खेंग्जेले जनाएको छ।
पत्रिकाको अनुसार बैंकहरुको तुलनामा सेवा शुल्क र छिटो भुक्तानी समयको कारण रेमिट कम्पनीहरु प्रती बिदेशी कामदारहरुको क्रेज बढेको समाचारमा उल्लेख गरिएको छ। समाचारमा बैंकबाट रकम पठाउदा ३ दिन सम्म लाग्ने गरेकोमा रेमिटबाट छिटोमा १० मिनेटमा नै भुक्तानी हुने गरेकोले पनि यस तर्फ आकर्षण बढेको बताईएको छ। त्यस्तै रेमिट कम्पनीहरुले छिटो र सजिलो सेवाको नाममा बैकिङ्ग नियमहरुको उल्ल्घन नहुने तर्फ सचेत हुनु पर्ने बताइएको छ।
समाचार अनुसार यही जुन महिनामा सबै रेमिट कम्पनीहरुको कार्यविवरण र कार्यप्रणाली बारे कोरियाको वित्तिय अनुगामक निकायले विवरण लिएको थियो। अनुगामक निकायको अनुसार रेमिट कम्पनीहरुले नंया सदस्य दर्ता र विप्रेषण प्रक्रियामा अझ कडाई गर्नुपर्नेमा जोड दिईएको थियो। रेमिट कम्पनीहरुलाई कुनै ग्राहकको आर्थिक स्रोत बारे कुनै शंका लागेमा तत्काल बित्तिय जानकारी विश्लेषक निकायलाई तत्काल जानकारी गराउनु पर्ने उल्लेख छ। यसै बिच सरकारले जुलाई देखि रेमिट कम्पनीहरुलाई थप सेवा सुबिधा दिन लागेको छ।