किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाको ११औं अधिवेशन जुलाइ २१ मा हुने

1213

किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाको ११औ अधिवेशन आउदो जुलाइ २१ तारिखका दिन हुने भएको छ l
अधिवेशनको मिति तय भएतापनि हलको टुंगो भने लागिसकेको संस्थाका अध्यक्ष  सुन्दरदिप आङ्देम्बेले बताए  l हलको पनि छिट्टैनै  टुंगो लगाउने बताउदै   आङदेम्बेले  भने “हामि हाम्रो पहिचान र अस्तित्वको लागि एक हौ” भन्ने मुल नारा बोकेको किराँत याक्थुङ चुम्लुङले कोरियामा विभिन्न समस्यामा परेको नेपालिहरूलाइ सहयोग गर्दै आइरहेका छौं ”

त्यसबाहेक उक्त संस्थाले प्रवासमा रहेर पनि लिम्बु जातिको सँस्कृति जगेर्ना गर्नुको साथै कोरियामा रहेका लिम्बु जातिलाइ एकताको शुत्रमा बाध्न ठुलो भूमिका खेल्दै आइरहेको छ l । किराँत याक्थुङ चुम्लुङ कोरियामा सन् २००० मा स्थापना भएको जातिय संस्था हो l

अधिवेशनको दिन कोरियामा रहेका सम्पुर्ण लिम्बू दाजुभाइ तथा दिदि बहिनिहरूका साथै बिभिन्न संघ संस्थाका प्रतिनिधि , बुद्दिजीवी, पत्रकारहरुलाई  उपस्थितिको लागि किराँत याक्थुङ चुम्लुङ कोरियाले अनुरोध गरेको छ ।

प्रतिक्रियाहरू